मर्छु क्यार लौ, दुखेरै सधैँ
भोक रोगले, सुकेरै सधैँ
गम्छु जोडले, दिनै फिर्छ कि
कष्ट भो बढी, झुकेरै सधैँ
नाम दाम नै, कहाँ मिल्छ र
बित्छ जिन्दगी लुकेरै सधैँ
कार्य ती कडा, गले पाखुरी
गुम्छ चेतना, भुकेरै सधैँ
मिल्छ शायदै, सुखै तैपनि
बस्छु आशले, ढुकेरै सधैँ
(श्री पोस्टराज चापागाईंद्वारा प्रतिपादित नया छन्द – चेगिको)
SlS lSl SSl S
गण :-र ज त गु.
(५ अक्षरमा विश्राम)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क
