संसारैभरि सुशान्ति छर्यौ

  • by


संसारैभरि सुशान्ति छर्यौ तिमीलाई प्रणाम छ
अज्ञानता र अन्धकार हर्यौ तिमीलाई प्रणाम छ

“नबोल्नु झूटो, नचोर्नु कहिल्यै, नगर्नु काटमार”
भनेर महान उपदेश गर्यौ तिमीलाई प्रणाम छ

लत्याई दियौ बिषयी भोग र राजशी ठाँट बाँट
सन्यासी हुँदै साधुभेष धर्यौ तिमीलाई प्रणाम छ

“प्राणीमा दया देखाउनु सधैं”बारम्बार भन्दथ्यौ
देवलोकबाटै धर्तीमा झर्यौ तिमीलाई प्रणाम छ

सबैलाई सधैँ सिकायौ पाठ सद्भाव र सद्प्रेमको
हृदय भित्र सद्बिचार भर्यौ तिमीलाई प्रणाम छ

सम्मान गर्दै “बुद्ध”का बाणी सम्झियौ जसजसले
यो भवसागर अवश्य तर्यौ तिमीलाई प्रणाम छ

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क
२५५७औं बुद्ध जयन्ति
25May, 2013

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *