म जुनेली रातमा छु
पिरतीको मातमा छु
नभनेको मात्र हो है
कसिएको हातमा छु
मिलनैको लिन्छु आश
अनमोलै बातमा छु
कसरी लौ छुट्टिने हो
अलमस्तै थातमा छु
रसिला छन् लाल ओठ
सुविधाको खातमा छु
पोस्टराज सरद्वारा प्रतिपादित छन्द -.लुङ
गण :- स त गु गु
सूत्र:- llS SSl SS
(४ अक्षरमा विश्राम )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
