Skip to content

मरणकै रहर भो

  • by


मरणकै रहर भो भन के गरौँ
विगत नै जहर भो भन के गरौँ

सुखदका पलहरू सपनै बने
हरघडी कहर भो भन के गरौँ

यति छिटै मगनका दिन टाढिए
नियतिकै ठहर भो भन के गरौँ

सगरमा घनघटा अँझ फैलियो
अशुभकै लहर भो भन के गरौँ

छिनछिनै तडपले मन भाँचियो
जलनकै पहर भो भन के गरौँ

पतझडै सरि बन्यो अब “कोमल”
सब पथै डहर भो भन के गरौँ

छन्द -छुकुङरी
गण :-न भ ज ज गु
सूत्र:-lll SII ISI ISI S
(४-४ अक्षरमा विश्राम )

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *