Skip to content

सुका मानु घिउ खाएँ

  • by


सुका मानु घिउ खाएँ, भन्नु हुन्थ्यो बाले
अठन्नीमा लुगा लाएँ, भन्नु हुन्थ्यो बाले

ईमान्दारी थिए धेरै, जाली फटाहाभन्दा
शान्तिसँग बाँच्न पाएँ, भन्नु हुन्थ्यो बाले

धर्म कर्मभन्दा ठूलो, हुदैन थ्यो केही
रोज रोजै मन्दिर धाएँ, भन्नु हुन्थ्यो बाले

श्रद्धालुको घुईंचो लाग्थ्यो, सत् सङ्गतै राम्रो
मीठा मीठा भजन गाएँ, भन्नु हुन्थ्यो बाले

सोझा, सीधा, भलादमीले, सम्मान पाउँथे सधैँ
सबको भित्री मनमा छाएँ, भन्नु हुन्थ्यो बाले

कोमल भट्ट
पुरानो नैकाप -७, काठमाडौँ
हाल:- रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *