Skip to content

आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ

  • by


आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो, निख्रिएर रोएको छ ।

कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी उधृएर रोएको छ ।

प्रतिकूल भो वातावरण, जति मरिमेट्दा पनि
बारम्बारै परिस्थिति, बिग्रिएर रोएको छ ।

पाएको छ सधैँ भरि, हण्डर अनि चोटहरू
अनगिन्ती आपत विपद, बज्रिएर रोएको छ ।

बाध्यतामा बाँच्नु पर्दा स्वाभिमानै गुम्दो रैछ
सगरमाथा जस्तो शिर, लत्रिएर रोएको छ ।

कर्तव्य र जिम्मेवारी, गाली गर्छन चिच्याएर
गर्नु पर्ने काम जति, उब्रिएर रोएको छ ।

कोमल भट्ट
पुरानो नैकाप -७, काठमाडौँ
हाल:- रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *