आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?
अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरू थुनिदिने कोही छौ कि ?
रोग, भोक, अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?
रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?
परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनीदिने कोही छौ कि ?
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
४ मार्च, २०१३
