Skip to content

जटिल यो शहरमा

  • by


जटिल यो शहरमा, कसरी बसौँ
विरसिलो बगरमा, कसरी बसौँ

पल पलै दुखद भो, मुटु चस्कियो
विरहका असरमा, कसरी बसौँ

गुम भयो सहजता, दिन रातको
कपटका नजरमा, कसरी बसौँ

नियतिकै खटन हो, पिर वर्षने
अगतिलो सफरमा, कसरी बसौँ

सब जनै हुन गए परचक्रि झैं
अललिने खबरमा, कसरी बसौँ

न त चले कदम नै मददै बिना
अधमरो पयरमा, कसरी बसौँ

अतिशयै सरलता म छु “कोमल”
विरल यी कदरमा, कसरी बसौँ

आदरणीय पोस्टराज चापागाईंज्यूद्वारा प्रतिपादित छन्द :- छुकुङरी
सूत्र:- III SII ISI ISI S
गण :- न भ ज ज गु
४/४ अक्षरमा विश्राम

कोमल भट्ट
पुरानो नैकाप-७, काठमाडौँ
हाल:- रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *