आज मैले गीतान्जलीलाई बाटोमा देखे। उ सधै झैँ असाध्यै राम्री, आज पनि। मेरो मनमा त्यो दिनको सम्झना आय जब मैलें उनलाई पहिलो पल्ट देखेको थिए। हामी दुईको एउटा accident -मा भेट भएको थियो।

म स्कूलबाट घर आउदै थिए, उ पनि बजारबाट घर नै फर्कदै थिई। भोलि टेस्ट भएकोले खातामा लेखिएको हेर्दै थिए, त्यतिकैमा गीतान्जलीसित ठोकिए। हामी दुईको आँखा जुध्यो। मैले सर्व प्रथम sorry भनि माफ मागे उसले पनि लजाउदै sorry भनी। यसरी हामी दुईमा एउटा अतभुत भावना उत्पन्न भयो। त्यस पछि उनि आफ्नु गन्तब्य तिर लागिन। भोलि पल्ट फ्री म उसलाई देख्छु कि भन्ने आशाले त्यही बाटो तर्फ लागे। कस्तो राम्रो भाग्य रहेछ मेरो उ पनि त्यतैतिर आउदै रहेछिन। मैले धेरै आँट गरेर उसलाई hello! भनी अभिवादन गरे। मैले मेरो नाम आकाश हो भन्दा उसले पनि म गीतान्जली भनी। यसरी हामी दुई माझ मित्रता बढ्दै गयो, हामी सधै यही स्थानमा भेट्ने गर्दथ्यौ। संगै स्कूल जानथ्यौ संगै फर्कथ्यौ। मलाई त्यो दिनको राम्ररी सम्झना छ जुन दिन मैले उसलाई प्रपोज गरेको थिए। त्यो दिन हाम्रो class 12को अन्तिम परीक्षा थियो ६ december २००५। पहिले त उ छक्क परेर मलाई हेरिरही र त्यस पछि यसको उत्तर म भोलि दिन्छु भनी त्यो रात मेरो जीवनको सबै भन्दा लामो रात थियो। म सुत्न सकिन केवल गीतान्जलीको हसिलो अनुहारलाई सम्झी रहे। बल्ल रात बित्यो म सधै झैँ morning walk -मा निस्किए। गीतान्जलीको घर बाटोमै पर्थ्यो, उसको घर नजिक आइ पुगेर एकछिन उभिए। गीतान्जली पनि बाहिर निस्किन र लजाउदै मौन रही। मैले उनको यो मौनतामा संसारको सबै सुख पाए। दिन बित्दै गयो, ,,,,गीतान्जलीको जन्म दिन पनि आइपुग्यो, हामी दिन भरि साथैमै थियौ। माया पिरतीका कुराहरु मात्र गर्दै हामीले दिन बितायौ। साँझ पर्न लाग्दा मैले गीतान्जलीलाई birthday गिफ्ट उसको अनामिकामा लगाइदिए। हर्षित हुदै उसले पनि उपहारमा मलाई म्वाईं खाईन। समयको साथ हाम्रो माया पनि अटुट हुदैथ्यो।

दुई वर्षपछि कुन्नि कसरी गीतान्जलीको बुवाले हाम्रो सम्बन्धको बारेमा थाहा पाएछन् र उसलाई एक सप्तासम्म घरमै बन्दी बनाएर राखे। म अब गीतान्जली बिना बाच्न नसक्ने भैसकेको थिए। त्यसैले म उसलाई भेट्न उसैको घर गए। तर मैले जे देखे त्यो देखेर मेरो मुटुको हजार टुक्रा भयो। गीतान्जलीको बिहेको कुरा चल्दै थियो। केटाको नाम राहुल रहेछ, फौजको कप्तान। मभन्दा लाखौ गुना धनी, लाखौ गुना लायक। म एउटा पागल झैँ भैसकेको थिए। दुई हप्तापछि गीतान्जलीलाई खर्सांग हार्ट बजारमा देखे, कुद्दै गएर उसको हात समाते। उ मलाई देखेर छक्क परी। कारण म “म” थिइन उसले हतार हतार आफ्नो हात मबाट छुटाई। मैले भागेर बिहे गर्ने प्रस्ताब राखे। तर उ हाँस्दै भन्न लागी –” तँ त मेरो लागि एउटा खेलौना होस्। त जस्तो माँग्नेसित मैले बिहे गर्नु! हा, हा,, हा,,,,,। मेरो गीतान्जली र यो गीतान्जलीमा जमिन असमानको फरक थियो। म छक्क परेर उसलाई हेरी रहे। उ त्यहाँबाट कति बेला गई मैले केहि थाहा पाईन।।।

अर्को महिना मंसीर ७ गते गीतान्जलीको बिहे रहेछ भन्ने मैले मेरो साथीबाट थाहा पाए। ७ गते आइपुग्यो। दुलहीको पोशाकमा गीतान्जली स्वर्गकी परी झैँ देखिंदै थिई। म एउटा कुनामा लुकेर मात्र हेरी रहे। यो सब एउटा नराम्रो सपना जस्तो लग्यो। तर, गीतान्जली डोलीमा चडी बिदा भई। म ….केवल हेरी रहे। ।।।

आज ६ वर्ष पछि मैले उसलाई देखे। उसको छेउमा गएर गीतान्जली मात्र भन्न लागेको थिए, ,,,,तिंग….तिंग ……को मर मरले म झसंग भए। मेरो सानो कालो कटोरीमा उसले १ रुपिया हालिदिएकी रहिछे। अब म सधै मात्र उसलाई केवल एक नजर हेर्न हातमा कटोरी लिएर खर्सांग बजारको रेल्वे स्टेशन छेउमा बसिरहन्छु, मात्र उसलाई एक नजर हेर्न। ।।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *