जीवनमा सबैको नियतिले खेल खेलेकै छ
चोट बोकेको मुटुलाई प्रीतिले खेल खेलेकै छ
बाटोमुनिको फूल म तिमी क्षितिजको अग्लाइ भयौ
एक प्राणलाई दुई बनाउन रुडीले खेल खेलेकै छ
महाकाल सामु कसम खाई सँगै बाँच्छु-मर्छु भन्थ्यौ
माया त्यागी धन अपनाउनेलाई युगले खेल खेलेको छ
मेरो जीवन तिम्रो सिउँदो रंगाउनेलाई दोष म दिन्न
अभागीको हत्केलाको रेखाले खेल खेलेकै छ
माटोमा सबै मिल्नैपर्छ अजम्बरी केही छैन
माया भन्ने अमर ठान्थे समयले खेल खेलेकै छ
–समीर “गोर्खा” छेत्री–
सोनादा दार्जीलिंग
www.samirchhetri.blogspot.com
