Skip to content

व्यर्थै किन छाडी गयौ

Pain_In_Love


व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई
मायालु तिम्रो यादले सताउछ हरपल मलाई
बिताएका ती पल सम्झी तडपिन्छु मुटू जलाई
तिम्रो यादले बिछोडको पीडाले
रुवाउँछ रुवाउँछ आज मलाई
व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई
गल्ति के थियो मेरो र तिमी बिरानो भयौ
मेरो जीवनबाट कहिले नबल्ने गरी दियो निभायौ
तिम्रो धोकाले बिछोडको पीडाले
रुवाउँछ रुवाउँछ आज मलाई
व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई
दु:ख सबै म पिउँला तिमी सधैँ खुसी रहनु
म रोई दिन्छु तिमी सधैँ हाँसी दिनु
तिम्रो मुस्कानले तिम्रो तस्बिरले
रुवाउँछ रुवाउँछ आज मलाई
व्यर्थै किन छाडी गयौ
मलाई यहाँ एक्लो बनाई..

www.samirchhetri.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *