मिरमिरे उषाको कलिलो सूर्यले
अचेल ममा मुस्कान छाउन सक्दैन,
हुन त अचेल मलाई
रात्रीको शशिले पनि शीतलता दिदैन,
डुब्न लागेको रातो घाममा
तर अचेल म रमाउँछु,
रातै प्रतिविम्वित नवमा समेटिन्छु,
तत्क्ष्ण पहाडको कन्दराबाट
कोइलीको गीत जब सुन्छु
झस्कन्छु त्यतिखेर,
तर फेरि तिम्रै रम्यतामा मुग्दहुन्छु,
बिस्तृत तिम्रो विशाल हृदयमा
डुबुल्की जब मर्छु
स्वच्छ अनि शितल समीरले
चस्स छोएको
चाँप-गुरासको सुरभीमा म फेरि हराउछु,
हो अचेल म तिमीलाई भेट्न
पिपासिएको हुन्छु,
हो सन्ध्या
अचेल म तिमी मै रमाएको हुन्छु
अचेल म तिमी मै हराएको हुन्छु !!!!!
— समीर “गोर्खा” छेत्री —
रचनाकाल– २००३ (१० औं श्रेणीमा पड्दै गर्दा)
www.samirchhetri.blogspot.com
