धेरै दिनको मेहनतपछि आज म बल्ल बजारमा आइपुगे । रनेको पसलमा बिस्कुट, साबुन, छौ-छौ, सितै म पनि शानसित चट्ट मिलेर बसेको छु । कहिले काही हामी सबैको एक-अर्कामा बातचित हुन्छ । बिस्कुटलाई आफूमा बडो घमण्ड छ, “सबैलाई म पौस्टिकता दिन्छु”, ऊ सधैं भन्ने गर्छ । साबुन पनि आफूलाई समाज सेवक ठान्छ । छौ-छौ को त झन् कुरै छैन, बडो घमण्डले प्याकेटमा फुल्लिएर बसेको छ । म चाहिँ धेर बोल्दिन यिनीहरूसित मेरो बात पनि मिल्दैन । बरु मेरो दाजुभाइहरू सित दुख-सुखको कुरा गरी बस्छु । हाम्रो सानो घर छ, १० जनाको सानो परिवार । सानो घर भएपनि हामी १० भाइ मिलेर बसेका छौ ।
रने दाइको पसल एकदमै चिसो छ, १० बर्षको मेहनतको कमाईले बनाएको पक्काको पसल । आज दिन राम्रो छ, रने दाइले हामीलाई आशाध्यै माया गर्नु हुन्छ । त्यसैले त आज बरन्डामा बिस्कुन ओछ्याएर हामीलाई घाम तपाउदै हुनुहुन्छ । बिचरा छौ-छौलाई आज अलि बिसन्चो छ । मुसाले यिनको आधा जिउनै खाइदिएछ । रने दाइले उनलाई छेउको ठुलो भाडामा हालिदिएका छन् । साँझको ६ पनि बजिसकेको छ, पारि क्षितिज रातो देखिदै छ र हामी पनि आ-आफ्नो ठाउमा आइसकेका छौ ।
रने दाइ र भाउजू दिनको हिसाब गर्दै छन् । फुर्बा दाजुको २०० रुपियाँ बाकी छ अर्को महिना मागी हाल्नु पर्छ, भन्दै अब उनीहरू सुत्न लागेका छन् । भालेको डाकमै रने दाइ उठेर पसलको ढोका पनि खोलेर पूजा-पाठ गर्दै छन् । त्यतिकैमा कसैले ‘रने दाजु एक प्याकेट चुरोट दिनुहोस् न’ भनेको सुने । रने दाइले २० रुपिया लिएर उनको लागि प्याकेट र मेरो सानो घर परिवार सितै दिइहाले । मलाई किन्ने साहब त १९ बर्षे कलिलो ठिटो रहेछ । हाम्रो जेठा दाजुलाई चट्ट ओठमा च्यापेर शानसित पिउदैछन् । मै हूँ भन्ने चालको हिडाई छ यिनको । कसैले यिनलाई अलिकता छोयो मात्र भने पनि एकै बक्सिंगमा ढाल्दिन्छ जस्तो । हामी रहेको ९ भाइलाई प्याकेट सितै जिनिस पाइन्टको पछाडिको खल्तीमा हालेका छन् । खल्तिले जमीन छुन आँटेको झैँ छ, हामीलाई कस्तो डर्र लागि सक्यो यिनलाई के न के । आफनु साथीहरूलाई यिनले अब भेटेका छन्, अन्त whats up bro ! भन्दै सम्बोधन गर्दै छन् । झन्डै छ जना जस्तो साथीहरूलाई लिएर यिनी अब जंगल पसेका छन्। हाम्रो एक भाइलाई निकालेर post mortem गर्दै छन् । हरियो-हरियो, सुकेको-सुकेको पात माडेर हाम्रो भाइ भित्र भर्दै छन् । ब्रो ! एक एक प्फ्फ़ मात्र है ! भन्दै पालै-पिलो तान्दैछन् । छेउमा ताप्नको लागि आगो पनि फुकेका छन् यी ठिटाहरूले । आँखा रातो बनाएर झ्याप भएर आगो पनि ननिभाई आफ्नो बाटो लाग्दै छन् । म खल्तीबाटै कराएँ-“लु है ! अब डरेलो लाग्ने भो ! कसैले अग्नि समन केन्द्रलाई फोन गरिदिनुहोस”, तर मेरो कसले सुन्ने ।
बाटोमा एक कुल्ली काम गर्ने भरियालाई पनि मातेको झोकमा, हाम्रो एक भाइ सोपिदिएका छन । त्यसपछि के भो ति भाइको मुखबाटै सुन्नुहोस । दिनभरिको कामले थकित कालु दाइ बल्ल घर आइपुगेका छन् । टिनले बारेको सानो घर, धुप्पीको घोंचा र बाकलले बनाएको लामो पलंग, एउटा दर्रो डोरीको नाम्लो, एउटा फाटनै आँटेको बोरा, लाबरले बाधेको एउटा पुरानो रेडियो, भित्तामा एउटा ठुलो सिक्को ५ घडी र २४ कांटे डम्फु, पलंगमा पड्दै गरेको यिनको नानीहरू बिरे र कुमारी अनि छेउमा भान्सा गर्दै गरेकी यिनकी स्वास्नी कान्छी, यी सबै नै हुन् कालो दाइको सम्पति । ए हे ! मेस र चौकी त भन्नै बिर्सिएछु । पलंग नजिक कडा काठले राम्ररी मिलाएर बनाएको एउटा मेस र चौकी पनि छ । आफूलाई “कालो अक्षर भैसी बराबर” भएपनि बिरे र कुमारीलाई धेरै पडाएर ठुलो मान्छे बनाउने सपना छ रने दाइको, त्यसैले त दिन रात पसिना बगाएर दैनिक १०-१० रुपिया जम्मा गरेर छोरा-छोरीलाई पडन-लेख्नको लागि कडा काठको मेस र चौकी बनाईदिएका छन् । भान्सा त्यार भो, चारै जना एउतै थालबाट मिठो मानि मकैको ढेड़ो र सिद्रा- सुकुटीको झोल गुलुत-गुलुत निल्दै छन् । कालो दाइको देब्रे पट्टिको कानमा चेपिएर म सबै हेर्दै छु, सुन्दैछु । कान्छीको हाथमा दिनभरिको कमाई १ सय ५० रुपिया थमाएर कालु दाइले बल्ल मलाई सल्काउनु भो ।
रने दाजुको पसलमा अब फेरि म नयाँ घरमा चट्ट मिलेर बसेको छु । अस्तिको भन्दा रने दाइको पसलमा समान अलि कम्ति भएको जस्तो लग्यो, धेरैले बाँकी तिरेनछन्, त्यसैले । हाम्रो ग्राहकहरू यस्तै हुन्छन । महाजनको पसलमा चै ऋण गरेर भएपनि हजार-हजार समेत तिर्छन, बिचरा ! रने दाइ ! जे होस् हामीलाई चै सबैले खुब रुचाउछन्, पसलमा अरु समान नभए पनि हामी चै अटी-नअटी भएर बसेका हुन्छौ । उ, हेर्नुहोस त्, अचेलका ठिटीहरू, एक प्याकेट त किनेर लगीहाले । रने दाइपनि ठिटीहरू भनेपछि त चम्की पो हाल्छन त-“बहिनीहरूले चुरोट किन तानेको?” ठटेउली स्वरमा सोधी हाले । बहिनीहरूले पनि “figure maintain” गर्न भनेर लाज नमानी उत्तर दिहाले ।
अब त्यो अघिको गाँजे ठिटो अलि बिरामी भएछ, डाक्टर कहाँ जचाउनु आएकाछन् यिनी । डाक्टरले उसको ओठ हेर्न साथ्, “do you smoke?” भनेर प्रश्न गरिहाले । बिचरा ठिटाले पनि “yes, but occasiona।।y” भनेर झूट बोलिहाल्यो । “You know smoking is injurious to hea।th, you shou।dn’t smoke, so quit smoking ok ! भन्दै कागजमा केही दबाईको मान लेखेर त्यो ठिटोलाई दिए । “Thankyou doctor”- भनेर त्यो ठिटो निस्केको मात्र थियो, डाक्टर साहबले हाम्रो एक भाइलाई सल्काई हाले । अघि smoking is injurious to hea।th भन्ने डाक्टर अहिले आफै ! सायद डाक्टर को फोक्सो अलि दह्रो हुन्छ होला हगि ! हत्त पत्त केही नहुने !
स्वास्थिय विभागले कानुन लागुगरेको छ, सार्वजनिक स्थलमा धुम्रपान गर्नु अपराध हो ! ठूल-ठूलो नक्साहरूपनि धेरै ठाउमा टालीदिएकाछन् । मलाई त बडो डर्र लाग्छ बा ! तर असलमा जो डराउनु पर्ने ऊ चाहिँ बंग-बंग धुवा उडाउदै कानूनको उलंगघन गर्दै छन् । कानूनका रक्षकहरू हो ! आँखा खोला अब त जाग !
हो म हानिकारक छु । तर मेरो घरको बाहिरी भित्तामा ठूल-ठूलो अक्षरमा रातो मसिले “Smoking ki।।s, smoking is injurious to hea।th” को चेताउनी हुन्छ त ! कि पाठसालामा गुरुबाले यी अक्षरहरू सिकाउन बिर्सनु भो ! ?? ! फेरि कसै-कसैले “हामी त पडन लेख्न जान्दैनौ” भन्लान, साथीहो अरुले बरु अनपड-असिकक्षितलाई छुटाउलान् तर हामी चै त्यस्ता होइनौ, हामी सबैलाई माया गर्छौ ।। तपाइको लागि पनि ठूलो घाऊ भएको फोक्सोको नक्सा त छदैछ त ! अब कालु दाइ बिरे र कुमारीलाई ठूलो मान्छे बनेको देख्नुछ भने आजै मलाई त्याग्नुहोस । ठिटा-ठिटीहरू तिमीहरू त समाज र देशको भविष्य हौ, समाज-देशलाई तिम्रो खाचो छ । डाक्टर साहब अरुलाई सल्लाह दिनु मात्र होइन, for you also smoking is injurious to hea।th ! त्यसैले सम्पूर्ण हाम्रा चुरोट समितिको अध्यक्षको हैसियतले म भन्दछु, म आवहन गर्दछु, –“SMOKING IS INJURIOUS TO HEALTH, SO QUIT SMOKING …….
–समीर “गोर्खा” छेत्री–
रचनाकाल– २००८
www.samirchhetri.b।ogspot.com
