Skip to content

गोर्खा भनौदाहरू


पूर्खाको कमाईमा मै हूँ भन्ने हे मानव,
आफू गोर्खा हूँ भन्ने धाक पिठछौ!
विश्व थर्कमान बनाएका छौ भन्दै,
आफ्नै गाउँ-घर जलाएका छौ !

खोइ त् कसलाई दोष दिने,
पीता-पूर्खालाई कि समयलाई ?
त्यो सिंहको मुटुलाई कि,
त्यो गोरुको बुद्धिलाई ?

गोर्खाको नाम राख्नेछु भन्नेहरु,
आउन त् धेरै नै आए,
जन्ता अघि धूलो छर्की,
गान्धीजम् को आडमा नाजीजम् ल्याए !

“Mobs has many heads but no brains”,
सेक्सपियरको यो कथन अब आज सत्य भो,
हे मानव अब त् जाग,
हामी सबै एकै हौँ भन्ने नारा कता गो !

gorkhalandsamir.blogspot.com
samirchhetri.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *