निरसताको जीवन मेरो साह्रै नै उजाड,
उमंग देखे आशा है देखे तिमीमा हजार ।
इच्छा है जाग्यो तिमीलाई आफ्नो बनाउने मलाई,
सहर्ष तिमीले अँगाल्यौ प्रभू म जस्तो पापीलाई ।
न्यानो अँगालोमा प्रभु मालाई बाँधीदेउ,
संसारको झुटो मोह देखि टाडा लगिदेउ ।
जीवनरुपी बगैचाको प्रभु तिमी माली बनीदेउ ,
स्पर्ष गरी म टुसालाई ढकमक्क फुलाईदेउ ।
पुरानो खास्टो त्यागेर प्रभू तिमी कहाँ आउदैछु,
प्रशंसा तिम्रो गर्नलाई येशु गीत यो गाउदैछु ।
येशुको कथा सुनाउछु बहिनी ध्यानले सुनन,
कानले सुन्दा कहाँ हुन्छ बहिनी मन नै खोलन ।
बिजाउने काँडा शिरमा तिम्रो हाथमा काँटी छ,
मेरो नै निम्ति रगत बहायौ कलवरी साक्षी छ ।
निन्दा है पाए संसारको आज टाडीए आफन्त,
हेरन आज येशुमा पाए जीवन अनन्त ।
मेरो नै निम्ति हे प्रभू तिमी कुमाले भइदियौ ,
बेकामे भाँडो हिज म थिए मनपर्दो बनाईदियौ ।
धन्य हुन् सबै येशुलाई पाउने हे मेरा प्यारा हो,
माटोको शरिर माटोमै मिल्छ आत्म उनको हो ।
नभूलौ साथी कसैले पनि येशुको प्रेमलाई ,
तिम्रो र मेरो सबैको निम्ति बहेको रगतलाई ।
चुकाइ आफ्नो प्राणको मुल्य बचाए हामीलाई,
यसैले आउ समर्पण गरौ यो जीवन प्रभुलाई ।
अन्तिम दिन आउदैछ साथी तैयारी बसौ है,
निदाउने समय अब चै होइन जग नै बसौ है ।
सु-समाचार अब सबैमा बाड्नु यो मन लाउदैछु,
प्रसंशा तिम्रो गर्नलाई येशु गीत यो गाउदैछु !
