Skip to content


खेल टुडिखेल खेल
त पनि त धुन्दकारी होस
खेल षडेन्कारी खेल ।

के के दिन्छन नेताले भन्दै
डाँडाकाँडाबाट जनता जुराउँछस्
नेतागण ढिला आउँदा
घामले सेकाउदै घण्टौं कुराउँछस्
कहिले झरीले भिजाउँछस्
कहिले काठाङग्रिने जाडोले बिजाउँछस्
नेतागण आए भने
कोही लाल सलाम ठोक्छन
कोही जय नेपाल भन्दै ढोक्छन
त्यसपाछि उही बकफुसे
भाषण भुसण ठोक्छन ।

कहिले बिचरा जनतालाई
मासु भात खुवाउँछु भन्दै
बसमा कोची कोची ल्याउँछस्
जनता भोकले फिटिफिटी
त चाहिं तारे होटेलमा
साझ खान भ्याउँछस्
जनताले खाली सास्ती मात्र पाउँछ
भन त टुडीखेल जनता उतारेर
तलाई कति आउछ ?
खेल टुडीखेल खेल
त पनि नेता जस्तै होस
खेल
खेल टुडिखेल खेल
खेल टुडिखेल खेल
त पनि त धुन्दकारी होस
खेल शडेन्रकारी खेल ।

के के दिन्छन नेता भन्दै
डाडाकाडाबाट जनता जुराउँछस्
नेतागण ढिला आउँदा
घामले सेक्दै जनतालाई घण्टौ कुराउँछस्
कहिले झरीले भिजाउँछस्
कहिले काठयाङग्रिने जाडोले बिजाउछ्स
नेतागण आए भने
कोही लाल सलाम ठोक्छन
कोही जय नेपाल भन्दै ढोक्छन
त्यसपाछी उही बकफुसे
भाषण भुसण ठोक्छन ।

कहिले बिचरा जनतालाई
मासु भात खुवाउँछु भन्दै
बसमा कोची कोची
भोक भोकै ल्याउँछस्
जनता भोकले फिटिफिटी
त चाहिं तरे होटेलमा खान भ्याउँछस्
जनताले खाली सास्ती मात्र पाउँछ
भन त टुँडिखेल जनता उतारेर
पार्टीबाट तलाई कति आउछ ?
खेल टुडीखेल खेल
त पनि नेता जस्तै होस
खेल षडेन्त्रकरी खेल ।

पञ्चायतकाल्मा पञ्चहरुलाई यै ठाउमा ल्याइस
यिनै हुन देशका ठुला नेता भनी मान्छेहरू ल्याइस
नेता र जनतलाई भ्रममा पारी
तैले पो मोज गर्दै खाइस
कति नेता देश निकालामा परे
कति नेता जेलमा परे
कति आन्दोलनमा मरे
तर त त सधैं बीचौलिया भई रमाइस
भन त टुडुखेल नढाइत्कन
नेताकोभन्दा कति धेरै कमाइस ?
खेल टुडिखेल खेल
तै त रहेछस् खास धुन्दकारी
खेल षडेन्त्रकरी खेल ।

पञ्चायत चल्दा पनि
पञ्चेहरुको स्वागत तै गर्ने
पञ्चायत ढल्दा पनि
प्रजातन्त्रको स्वागत गर्न पनि
तै अघि सर्ने ?
त्यसपछि
टुडिखेलले ठुलो ढ्वाङ फुक्दै करायो
यो देशको राजनीति
न राजाले गर्ने हो न प्रजाले गर्ने हो
जे गर्ने हो, पर्दा पछाडि मैले नै गर्ने हो
मेरो षडेन्त्रको चक्रब्यूहमा
जनता पनि मर्न सक्छन
नेता पनि मर्न सक्छन
मेरो षडेन्त्रमा जो पनि पर्न सक्छन ।

प्रेम वली ढकलपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *