कागजै सब गरौला
भन्ने महानगर पालिका
तर गर्ने छैन कुनै तालिका
जता हेर्यो फोहरै फोहरको ताज छ
पच्चिस वर्षदेखि यो शहरमा
यही फोहरकै राज छ
अव्यवस्थित घरहरुको फसल छन्
बाटोभरि जात्राको जस्तो पसल छन्
सरकारलाई देशभरि
महानगर घोषणा गर्नेमै गर्व लाग्छ
तर थाहा छैन
महानगरले के के कुरा माग्छ
महानगर पनि कस्तो
बाटो गाउ पालिकाको जस्तो
सुबिधा नगरपालिकाको जस्तो
मान्छेलाई दिसा लाग्यो भने
घरतिर नै भाग्नु पर्छ
पिसाब लाग्यो भने पनि
घर तिरै लाग्नु पर्छ
यहाँ कागजमै नगरपालिका
कागजमै स्मार्ट सिटी आउछ
थाह छैन कुन दिन सरकारले
कागजमै युरोप अमेरिका पनि ल्याउँछ
हामी पनि कागजमै मेट्रो ट्रेन
कगजमै मनोरेल चढौला
मिसाइल रकेट पनि कागजकै
कागजमै विश्व युद्ध लडौला
कागजमै संसार जितौंला
कगजमै संसार हाकौंला
यथ्यार्थमा कोही लड्न आए
जङगलतिर भागौंला
कगजमै पिच हुन्छ यहाँ
कागजमै विकास हुन्छ
कागजमै न्याय हुन्छ
कागजमै निसाफ हुन्छ
कागजमै देश सिंगापुर हुन्छ
कागजमै स्विजरल्यान्ड बन्छ
कागजमै स्वर्ग होला देश
कागजमै धनी कागजमै सुखी बनौंला
कागजमै खुशीयाली, कागजमै उत्सव मनाऔंला ।
प्रेम ओली ढकलपुरे
