Skip to content


एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
आफू त यसरी नै
बार्है महिना जम छ
भन तिमीभन्दा म के कम छ।

मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउँछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउँछ ?
आफू बार्है महिना
यसरी खेल्न भ्याउँछ
हिङ नभए पनि
हिङ राखने टालोको दम छ्
भन तिमीभन्दा म के कम छ।

तिमी अमेरिका जाऊ वा अफ्रिका
उधोग चलाऊ वा पत्रीका
जति भए पनि धन कम छ
समय झन कम छ
किनकि
तिमीलाई खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
भन तिमीभन्दा म के काम छ।

हो तिमीसँग धेरै
कारहरू होलान
हारहरू होलान
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर न दम छ
न चिन्ता न गम छ
त्येसैले
अफु त साथी हरेक दिन
यसरी नै जम छ
यसरी नै रम छ
विस्वास छैन भने
त्यो तिमीलाई भ्रम छ
भन तिमीभन्दा म के कम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *