बाउकै रगत हामी
बा शरीरमा छन्
बाउकै माया हामी
बा हृदयमै छन्
बाउका हरेक चित्रहरू
मानसपटलमै छन्
बाउकै अङ्श हामी
बा मुटुमा नै छन्
बा यो सङ्सारमा न भए पनि
यो छातीमा अमर छन्
म बा तिमीलाई आज मात्र हैन
हरेक दिन स्मरण गर्दछु
जसरी ईश्वरलाई प्रार्थना गर्दछु
बा तिम्रा हरेक सद्गुण
मेरा अघि बढ्ने बाटाहरू हुन
तिम्रा हरेक संघर्शहरू ज्यो हाम्रो लागि थिए
ती मेरो शिक्षाका पाटाहरू हुन
बा तिमी तिमी हाम्रो आकाश हौ
बा तिमी हाम्रो छाना थियौ
बा तिमी हाम्रो भर थियौ
बा तिमी हाम्रो न्यानो घर थियौ
म तिमीलाई हरेक दिन
स्मरण गर्दछु
जसरी ईश्वरको प्रार्थना गर्दछु ।
प्रेम ओली ढकलपुरे
