ब्यालेन्स नभाको जस्तो
घरी घरी मिसकल गर्ने
कहिले बजियाले त
रिचार्ज गरी फुल कल गर्ने
लड्ने भारतीय र तिक्कति पिलेट रे
उतै हल्लाउनु नि जति हल्लाए पनि
फेरि बजियाले किन
नेपालतिर बल गर्ने ?
पृथ्वी नारायणले भनेको
दुई डुङ्गाको तरुल भनेको यही हो कि
त्यो बेला पनि यस्तै भूकम्प पो थ्यो कि
माथिका डुङ्गा जुद्धा पनि हामीलाई दुख
तलका डुङ्गा जुद्धा पनि हामीलाई दुख
यी साँढे जुधेर पार्नु पारे हुक्क ।
यो साँढेको लडाइँमा
न शान्ति दुत पठाउन सकिने
न शान्ति सेना खठाउन सकिने
न पार्टीले जस्तो भाडामा लिएर
जुलुस गर्न मान्छे उठाउन सकिने
यस्तो डर कि
बजियाले हल्लायो भने
सेना पनि बन्दुकै छोडी भाग्ने
गरिब होस कि धनी होस
सबैले सड्कमा पाल टाग्ने
गजबको कुरो त
पक्का घर हुनेले पनि पाल माग्ने ।
जस्तो सुकै मुटु दरो भाको पनि
थुरुरुरु हुने
अलिकति हल्लायो कि
गुरुरुरु हुने
डुक्राउँछ हुक्काउँछ साँढे जस्तो
यस्लाई कस्ले छुने
जीवजन्तु चरीबरीकोभन्दा
मान्छेकै पो बिजोग हुने ।
आयो आयो भन्दै
कोही खाली खुट्टा दौड्याछ
कोही तन्ना बेरी कुद्याछ
कुद्दा
कोही भर्याङ लड्याछ
कोही ढोकासित जुद्याछ
कोही त कट्टुसित मात्र आको छ
भूकम्प आउँदाकस्ले के गर्दै थियो
सबको गोप्य कुरो, सार्वजनिक भाकोछ
मान्छेले सबलाई ठिक पार्न सक्ने
तर भूकम्पलाई कै गर्न नसक्ने
हे महादेव
यी जुध्ने साँढे तिम्रै हुन कि अब रोकिदेऊ
धेरै क्षेती भइसक्यो, छेमा पूजा पनि गरियो
तर अँझै टेर्दैनन सााँढेले
अब तिम्रो त्रिशुलले
यी साँढेको गर्दनमै ठोकी देऊ ।
प्रेम ओली
