Skip to content

मोदीबाबा र कुखरा भक्तजन


एक दिन
पशुपतिको दर्शन गर्न
मोदीबाबा आए
यो दिन्छु त्यो दिन्छु भन्दै
बाचा कसमा खाए
उनी त नेपालमा
दिने भने लिन पो आ’का रैछन
नेपालको जवानी र पानीमा
गिद्दे नजर लाकारैछन
गिदी नभएका कुखरा भक्तजनले
बाबालाई ढोके
बाबाको प्रवचन नबुझे पनि
तालीहरू ठोके
बाबाले प्रवचनले
भक्तजनमा जादु नै चलाए
एक छिन भए पनि
सात्क्षार पर्मेश्वोर नै कहलाए
भारत फर्केपछि बाबाले
भक्तजनबाट
पानी मागे जवानी मागे
कोही भक्तहरू भागे कोही पाखातिर लागे
भक्तजनको यो ब्यवहारले बाबा जागे
उनले ऋशीमनको सीमाना नाघे
मन्त्रहरू बराबराउदै पहिलो बाण दागे
मदेशी भक्तजनलाई नाका नाकामा राखे
कोही भक्तजनलाई दिल्ली तिरै डाके
काठमाडौंका भक्तजनले नटेरेपछि
आकाशबाणी गरे
पत्रचार गरे
उनको पत्र यस्तो छ रे
पानी आउँदैन भने तेल पाउदैन
ढुङ्गा आउँदैन भने ग्यास पाउदैन
काठमाडौंका भक्तजनले
अभैm टेरपुच्छर नलाए पछि
अर्को बाण दाखे
नाकाबन्दीतिर लागे
बीचरा कुखरा भक्तजन
चाइनातिर माग्न जाउन भने
बाबा झन रिसाउलान कि भन्ने डर
के के बाचा गरेकाथे बाबासँग
फेरि फसाउलान कि भन्ने डर
बङ्लादेशतिर जाउन भने
छैन यसको खास्सै भर

कुन भक्त के दिन्छु भनेकोथ्यो
बाबाले पोल खोलिदिने कुरा गर्दैछन
गर्ने बेला जे पनि बाचा गरे कुखरा भक्तजनले
आज आएर पछुतोमा पर्दैछन
बेलामा बुद्दी नपुराउदा
आज एउटा बाबासँग थुरथुर हुँदैछन
पारीबाट दाना देखाउदा
वारीका कुखरा भक्तजन कुरकुर हुँदैछन ।

प्रेम वली ढकलपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *