भद्रमोहनले घर बेची हिंडेपछि
अचेल मेरा छेमिकी तोतालाल पर्याछन
साह्रै मापाका रहेछन यिनी त
आए देखी गर्नुसम्म गर्याछन
कहिले कसलाई भटकाउछन
कहिले कसलाई भट्काउछन
कहिले त हाम्रै आगन पसी
बन्दुकै पटकाउछन
न शान्तिले बस्छन
न अरुलाई बस्न दिन्छन
साझ पर्न पाकोछैन
टन्न तीन पाने लिन्छन
मठ मन्दिर पनि जान्छन
चन्दन पनि घस्छन
कहिले नाका बन्दी भन्दै
अनसन पनि बस्छन
कहिले बाटो छेक्दै डोरी तान्छन
कहिले पर्खाल पारीबाटै ढुङ्गा हान्छन
थाह छैन यिनीले खै के चाहन्छन
कहिले पानी ट्याङ्करलाई आउन दिदैनन
कहिले ग्यासको सिलिन्डर ल्याउन दिदैनन
खै कुन जुनिको सराप परेछ गाठे !
यस्ता छेमिकी पर्याछन
बाँदरले पनि के गर्थ्यो यति
गर्नुसम्म गर्याछन ।
दुई चार दिन आउँदा त
मिठै कुरा बोल्थे
टोलमा सुधार ल्याउनलाई
नयाँ नयाँ बीचार खोल्थे
खै एकाएक के भो यिनलाई
सबको रिशराग पो गर्न थाले
छिमेकीलाई तर्साउदै मुद्दा समेत हाले
कहिले बाटो बन्द गर्छन्
कहिले टोलै बन्द गर्छन
कस्तो फसादमा परियो कि
न यिनलाई कतै सार्न सकिन्छ
न अफु यो ठाउँ छाड्न सकिन्छ
भद्र मोहन त
न हामी कहाँ आउथे
न आफू कहाँ बोलाउथे
बरु उनै ठिक रहेछन
तोदालाल त ढेडु नै भएछन
गर्नुसम्म गर्याछन
कुन जुनीको पाप रहेछ गाँठे !
यस्ता छेमीकी पर्याछन ।
वार्तामा बसौंभन्दा पनि मान्दैनन
आफूलाई फेरि कम ठुलो ठान्दैनन
माग के भनी सोध्दा भन्दै भन्दैनन
सम्झाउन खोज्नेलाई गन्दै गन्दैनन
खाली दुःखै दिन आका जस्ता
कुरा सुन्दा पनि फुस्केटै भाका जस्ता
कहिले पर्खाल माथि चढेर भाषण ठोक्छन
कहिल छाना माथि चढेर भाषण ठोक्छन
भाषणभन्दा पनि, गाली मात्र पोख्छन
कहिले पल्नो घरेलाई उक्साउछन
कहिले तल्नो घरेलाई उक्साउछन
नभनेस भन्दै आफै कुरो फुस्काउछन
खै कुन दिनको पाप रहेछ गाँठे !
यस्ता छिमेकी पर्याछन
दशै भन्नु छैन तिहार भन्नु छैन
खाली अडचन मात्र गर्याछन ।
प्रेम वली ढकलपुरे
