Skip to content

पुग्यो भन्ने कोही छ (साउन विशेष)


यो पैसो त
जति धेरै कमायो उति धेरै नपुग्नेरैछ
भन्नुस त
अहिलेसम्म पैसोले पुग्यो भन्ने कोही छ ?

सय रुपैया नहुनेलाई हजारले पुग्दैन
हजार कमाउनेलाई लाखले पुग्दैन
यो पैसो त जति कमायो उति अभाव हुनेरैछ
भन्नुस त
अहिलेसम्म पैसोले पुग्यो भन्ने यहाँ कोही छ ?

यै पैसो कमाउने भन्दै
गाउबाट सहर आयो
सहरबाट धेरै कमाउने भन्दै
राजाधानी आयो
राजधानी पनि कमाएर नअघाएपछि
झन धेरै कमाउने भन्दै बिदेश पस्यो
कमाउदा कमाउदै उतै फस्यो
यो पैसो त
जति कमाए पनि नपुग्नेरैछ
आजसम्मा पैसोले पुग्यो भने कोही छ ?

जति धेरै कमायो उति धेरै भोक लाग्ने
जति धेरै समायो झन समाउन झोक लाग्ने
कमाउदा कमाउदै
एक दिन जिन्दगी पाक्ने
तर कमाउन यो मान्छे कहिल्यै नथाक्ने
आफ्नो दौलत त छदै छ
अँझ अरुकोमा पनि कुद्रिश्टी ताक्ने
यो पैसो भन्ने चिज गजबकैरैछ
आझसम्म टन्न पुग्यो मलाई भन्ने कोही छ ?

घर बनाए पछि गाडी किन्नु पर्ने
गाडी किने सुनकै साडी किन्नु पर्ने
सुनको साडी पछि हिराको झारी किन्नु पर्ने
सुनमै पलङमा सुते पनि
सुनकै कोपरामा मुते पनि
यो मान्छेलाई पैसो कहिले नपुग्नेरैछ
भन्नुस त
आजसम्म पैसोले अघाए भन्ने यहाँ कोही छ ?

प्रेम वली ढकालपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *