एक
मनभित्रको चाहना फोरुँ फोरुँ लाग्छ
त्यो नयनको गाजल चोरुँ चोरुँ लाग्छ
लाग्छ धेरै – धेरै रहर अचेल मलाई यो
तस्विर तिम्रो मुटूमा कोरुँ कोरुँ लाग्छ
दुई
त्यही बस्नु तिमी तलामाथि म आउँछु
बोलाउछौ भने अहिले राति म आउँछु
डर लाग्ला अँध्यारोमा एक्लै बस्नलाई
यसो सम्झिएमादेखि साथी म आउँछु
सूर्य चेम्जोङ
