तिमी एक्लै यो चियाको बुट्टा नआउनु
काँडा बिझ्ला हेर खाली खुट्टा नआउनु
विश्वास हो आस्था पनि मन्दिर भनेको
कसम खाने हो भने झुट्टा नआउनु
रथ चल्दैन दुई पाङ्ग्रा समान नभए
शरिर र आत्मा छुट्टा छुट्टा नआउनु
शहरमा सुखसँग हुर्केकी हौ तिमी
कठिन छ जीवन धनकुट्टा नआउनु
सूर्य चेम्जोङ
