Skip to content

त्यस्सै बिते वर्ष


त्यस्सै बिते वर्ष बीस-दशलाई देखिन
माहुरीकै घारमा थिए रसलाई देखिन

म किन खोजिरहेछु ? बिनासित्ती यहाँ
बिपनामा आए पछि जसलाई देखिन

पर्खाईमा बस्दा बस्दै कुन बेला कुन्नि
छुट्टि गयो जवानीको बसलाई देखिन

जून देखें तारा देखें सत्य कस्सम तर
तिमी जतिको सुन्दरी कसलाई देखिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *