जसरी चल्यो जीवन चलाई राखियो
जतिचोटी भाँचिए नि पलाई राखियो
त्यहींबाट किनारा झै भयौं हामी दुई
तिमीलाई वारि-पारि मलाई राखियो
बाचुन्जेल आश हुन्छ त्यही कारणले
प्रतिक्षामा लाखबत्ती जलाई राखियो
के बाँचेको छु भनु र ? आफैलाई जब्
यतातिर शरिर उता मनलाई राखियो
सूर्य चेम्जोङ
