Skip to content

सयौं हजारौंहरूले


सयौं हजारौंहरूले आँखा तर्न सक्छन
यसरी नहेर प्रिया! शङ्का गर्न सक्छन

दिलले दिल छुन्छ माया चुपचाप हुन्छ
हल्लै हल्लामा प्रेम अन्त सर्न सक्छन

नदेखाऊ यो रूपलाई मदहोशमा कोही
आकासको घाम पनि भूई झर्न सक्छन

पाउनभन्दा पनि गाह्रो रहेछ जोगाउन
कुन बेला कोही आई खुशी हर्न सक्छन

दुइटा मुटु बोकेर! नजाऊ है काहीं कतै
नत्र मुटुबिना त्यस्सै अर्का मर्न सक्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *