कि आउनु तिमीनै सुस्तरी सुस्तरी
नपठाउनु यादहरू यस्तरी यस्तरी
सबै सबैका सपना यहाँ हजार हुन्छन
कसै कसैका मात्र तर साकार हुन्छन
छातीभित्र पसी गयौ कसरी कसरी
नपठाउनु यादहरू यस्तरी यस्तरी
थाहा हुन्न दाऊलाई अचानाको पीडा
पराईकोभन्दा दुख्छ आफ्नाको पीडा
जीवन हाँस्छ काँडामा गुलाब जसरी
नपठाउनु यादहरू यस्तरी यस्तरी
