सम्झना नि नयनका तिरैतिर आउँछन
कैलेकाहीँ बिर्सिएका तस्वीर आउँछन
यात्रामा फरक छन भूगोल र बाटाहरू
कहीं कतै समतल कहीं भीर आउँछन
एकनास हुन्नन घडी सबलाई सधैँ सधैँ
कुनै पल खुशी कुनै पल पिर आउँछन
यो कालो रात पनि कति दिनलाई हो ?
एक दिन त अवश्यै मिर मिर आउँछन
एकार्काको अस्तित्व हो गुलाब र काँडा
त्यही कारण आत्मासँगै शरिर आउँछन
सूर्य चेम्जोङ
