Skip to content

आजसम्म यो दिल


आजसम्म यो दिल डग्मगाएको छैन
तिमीबाट अन्त माया लगाएको छैन

सुरक्षित छन तस्विर मुटूको फ्रेममा
कुनै आँधी भेलले नि बगाएको छैन

म चाहन्छु हेरिरहन सधैँ भरी यसै
तिमीलाई हेर्ने आँखा अघाएको छैन

जति गरेँ स्वविवेकले गरेँ आजसम्म
कोही आएर मलाई सघाएको छैन

प्रेममा गायक,कवि आदि हुन्छ मान्छे
कुनै क्षण मैले गीत नगाएको छैन ।

सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *