मधुर सम्बन्ध थियो चिसाउनु भयो
के बिराए ए हजुर । रिसाउनु भयो
मनमा लागेको केही भए भन्नुथियो
यसै मुटु जातो भित्र पिसाउनु भयो
शङ्कै शन्काले पार्छ जीवन खरानी
जानेरै पानीमा बिष मिसाउनु भयो
भन्नुहुन्थ्योसँगै हिडौ तर दोबाटोमा
जीवनको भारी किन बिसाउनु भयो ?
