न चुरा पाउजुको छनछन बदलियो
बदलियो त यही, जोवन बदलियो
उही ओठ उही आँखा उही अनुहार
समयसँग सङ्गै बचपन बदलियो
थिएन पग्लेको कुनै मनको हिमाल
तर त्यो मौसमको कारण बदलियो
सकिदैन थुनिराख्न नदी एक ठाउँ
बग्दा जाँदा कति हो वतन बदलियो
सबै चिज बदलियो शिवाय एउटा
तिमीलाई चाहने न मन बदलियो
