एक
धेरै अभाव सहियो यताको न उताको भइयो
कत्ती देशमा गइयो यताको न उताको भइयो
प्रगतिको शिखर चढे बरू देशमा बस्नेहरूले
जहाँको त्यहिरहियो यताको न उताको भइयो
दुई
मान्छेहरू यहाँ रत्तिरागका पछि हुन्छन्
दानी भनाउदा पनि भागका पछि हुन्छन्
आफूलाई पर्दा भित्रै राख्नु जून किनकि
सुन्दरताभन्दा धेरै दागका पछि हुन्छन्
तीन
अघाउँदिन म कुन कुनलाई हेरेर
हर रात ढल्ने गर्छ जूनलाई हेरेर
धेरैधेरै टाढा छौँ तर पनि दिनहरू
कटाऊँदैछु फोटोमा उनलाई हेरेर
