Skip to content


मृत्युले जोरी खोज्यो
जोरी खोजिरह्यो
मृत्युले जोरी खोज्दा
लड़ने मेरो चाहना थिएन
न त !
घुम्तीमा नै भेट्ने बाँचा थियो,
न हिड्दा न बस्दा,
न थियो काममा कहिल्यै
न खाँदा न सुत्दा,
न थियो आमाको काखमा हुँदा,
न गरे बाबाको औला पकड्दा,
गरिन कहिल्यै बाचा त्यस्तो
जवानीमा नै न हुँदा बुढेसकालमा
तर किन ?
जता जान्छु उतै घेर्छ,
कड्के नजर बनाउदै
बाटो छेकेर ऊ ठिंग उभिन्छ !
कसैलाई थाहा पो छ कि ?
मृत्युको उमेर के हो हाँ ?
यो जिन्दगीको शिलशिला त,
आज भोलिको मात्र हैन ?
देख्छु १०४, र ७ वर्ष सम्मका बूढाबूढी
डुलछन् आफ्नै वलवुतामा पनि
फेरि किन यस्तो लाग्छ ?
पलपलमा मृत्युले जोरी खोजिरहन्छ ?
आखिर के ? यो जिन्दगी
क्षण भरको पनि हो कि होइन ?
अहँ !
म डराएर हैन, निर्धक्कसँग,
बरु लड्छु, जुद्ध्दै हिड्छु सधै
हिम्मत र आँटले आफ्नो
म मन भरी बाँच्छु, मनले मर्छु
आखिर फर्केर आउँछु फेरि
अनि मृत्यु त्सँग किन डराउँ ?
सकछ्स भने लौ !
तँ बिस्तारै लुकी छिपि न आ
सामुन्नेबाट वार गर
अनि पो त वलवान हो
फेरि मलाई अजमा हेर
मृत्युवाट प्रयोग गर,
हिम्मत छ भने सामुन्नेबाट लगेर हेर
मेरो जिन्दगीको सफ़र
हरेक साँझको सन्ध्यामा,
आको देख्छु बंसीको स्वरपनि,
न भन्छ्स घन्टीको धुन त्यो,
त खोज्छस् ध्यानमा पनि
न भन्छ्स रात्रि, न बिहान,
दौडिरहन्छ्स दिनरात कन ?
देख्दैन्स चार्डवार भन्दैन्स, बाल, वृद्ध
टिपि दीनछ्स जवानी तैले
उजाड़ बनाउँदै अरुको घरवार किन?
तेरो खुशी, अनि तेरो मनले मात्र
कहाँ चल्छ संसार कसरी चल्छ ?
त आउनु कुनै दुख हैन
तर पीडा आफ्नोभन्दा
पराईको कुनै कम छैन !
माया यति पाएँ कि पराईसँग
आफ्नासँग न छ कुनै गुनासो हेर
हर चुनौतीको सामना गर्दै मैले
आँधीहरूमापनि बालें दियो जैले
आज झकझकाउँदो हुण्डरीले
जीवन दोधारमा पर्दै गर्दा
सुइकार्दै छु चुनौती सबै
मलाई मर्नुको डर छैन हेर
बाल्छु नयाँ दिप अखण्डको
अब कहिल्यै न निभ्ने गरी
तैले लगेर पो के गर्छस् मृत्यु ?
व्यर्थमा मेरो माटोको यो शरीर ?
न लान्छस् विवेक मेरो न त चिनारी नै तैले
म ढली दिन्छु अनि गली दिन्छु
त हेरिरहन्छस् फेरि जन्म लिन्छु
पार पाउदैनस् मेरो तैले
धेरै छ ममा हौसला हेर ।

निशा अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *