Skip to content

फागुन-पूर्णिमा अर्थात होली


‘प्रेमको रंग यो चन्दन सरी
रंगमै डुव्ने चाड हाम्रो दिनैभरि ..’
ए सररर्र… ..

होली अर्थात फागुन पूर्णिमा बिभिन्न रंगबाट घरका आफूभन्दा ठुलो मान्यजनबाट आशीर्वादको रुपमा टीका लगाई दिदै, परिवार भित्रका सदस्यहरूले एकले अर्कालाई स्नेह, माया, सदभावको रुपमा रंगबाट मायाको साटासाट गर्न अनुहारमा सप्तरंगी रंग दल्दै शुभकामान दिने र पकाएर राखिएको दाल पुरी, सेल रोटी, अनेकौ किसिमका मिठाई जस्ता खानेकुराको परिकार बनाई खुवाउने तथा गाउ छिमेकी, आफन्त, साथीभाइहरूसँग मादलको तालमा नाचगान गर्दै एकले अर्कालाई बोलाएर खुवाउने चाड हो यो । अँझै भन्नु पर्दा नयाँ विवाह भएको दम्पतीले यो चाडलाई अघिक रोजक बनाएर मनाउने गर्दछन भने आफन्तले नयाँ दुलहीलाई रंग दल्दै सौभाग्यको आशीर्वाद दिने गर्दछन । त्यसै साथीहरूसँगको मित्रता यो दिनको रंगले अति नै नजिक बनाउछ, झन् मादलको तालमा, सररर्र, सररर्र, नाचौ, गाउ, ताल मिलाई सररर्र भन्दै एकले अर्काको हात समाती घुमी नाच्दै रंग दल्ने गर्दछ ।

प्राचीनकालमा पनि यसलाई वसन्तोत्सवका रुपमा आगोको घुनी बाल्दै सत्यको प्रतिक पार्वतीलाई शिवजीले पत्नीको रुपमा स्वीकार गरी कामधेनुले प्रेमवाण धनुष चलाउदा ध्यान मग्न तपस्यामा बाधा परेको शिवजीले आफ्नो तेस्रो नेत्रबाट आगोको ज्वाला क्रोधले निकाल्दा कामधेनुको शरीर भष्म भएको र पार्वतीको अटुट प्रेमलाई स्वीकार सिद्ध भएको खुशीमा प्रेमको स्वरूप अग्निको प्रार्थना गर्दै सप्तरंगी रंग एकार्कालाई लगाउदै खुशीको चाडको रुपमा मनाउदै आएको पाइएको छ । त्यस्तै यो चाड प्रह्लाद कृष्णहोलिका ढुण्डा आदिका कथा माध्यमको रुपमा मानिदै आएको हुनाले यसलाई फागु, फगुवा, होली आदि नामबाट पुकार्दै आएको इतिहास पाइन्छ । हामीले कथाहरूको सारमा श्रीकृष्ण लिला चलचित्र तथा श्रीमतभागवत् गीताको कथा सुन्दा पनि कथाहरूमा धेरै किसिमले होलीको बर्णन गरिएको पनि पाइएको छ ।

यो पर्व वसन्त ऋतुको उत्सव भएको र फागुअघि महाशिवरात्री तथा पछि नवरात्री पर्ने भएकाले यस पर्वले भगवान् शिवलाई शक्तिसँग जोडी सृष्टिलाई गतिशील बनाउँदै मानवजातिलाई ऊर्जा प्रदान गर्दै शितलता र आन्नदको अनुभूति दिलाउने तथा नयाँ वशन्तमा वर्षको अन्त र नव वर्षको शुरुवात हुने यो समयलाई अति नै खुशियाली गरेर अन्तलाई बिदा गर्दै आउने नयाँ चुनौतीको स्वागत गर्ने रुपमा यो चाड बिभिन्न रङ्ग, खेलेर मनाइने गरिन्छ ।

विक्रम संवत् वसन्त ऋतुबाट नै आरम्भ हुने भएकोले गर्दा ब्रह्माजीले पनि सृष्टिको शुभारम्भ फागुपूर्णिमा मनाउने वसन्त ऋतुको समय नै गर्नुभएको कुरा ब्रह्मपूराणको कथाहरूमा उल्लेख गरिएको पाइन्छ । फागुले सृष्टि प्रगति स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गरी हाम्रो नयाँ वर्ष प्रवेशलाई मङ्गलमय र गतिशील बनाउँछ भनेर पनि बर्णन गरिएको छ भने अर्को रुपमा यसलाई होली पूर्णिमाको रुपमा किन मनाइयो भन्ने प्रशंगमा यसरी पनि कथा उल्लेखछ ।

प्रेमका साक्षात्स्वरुप श्रीकृष्णले कंशकी बहिनी पुतनालाई मारेपछि गोपाल र गोपिनीसँग रासलीलाका साथै रङ खेलेर उत्सव मनाइएको स्मरण गर्दै, एक अर्का प्रतिको आधात माया र प्रेमलाई जीवन्त राख्न आज पनि वृन्दावनमा त्यही खुशीको स्मरण गर्दै होलीपुर्निमाको दिन पुतला बनाएर जलाउने र त्यसको सम्झनामा अहिले पनि हर्षोल्लासका साथ फागुपर्व धुमधामसँग मनाइने परम्परा जीवित नै रहेको पाइन्छ ।

राक्षसहरूले स्वर्गका देवताहरूलाई पराजीत गर्न लागेपछि तिनको रक्षा गर्ने उद्देश्यले देवताहरूको अनुरोधमा कामदेवले तपस्यारत महादेवको निधारमा वाण हान्दा त्रिनेत्रको ज्वालाबाट भष्म भएपछि उनकी श्रीमती रतीको अनुरोधमा पुनः उनीहरूको मिलन भएको दिनका रुपमा खुशी भएर यो चाड मनाउन थालिएको भनेर पनि भनिएको छ ।

त्यस्तै गरी आङ्गना पुत्र प्रह्लाद श्रीविष्णु भक्त भएपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई मार्ने आज्ञा दिएकाले होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा जाँदा प्रह्लादलाई केही नभई होलिका स्वय म जलेर भस्म भएको देखेर प्रह्लादले तत्कालीन समाजमा सत्यको पक्षमा भक्ति गरेर ऋषिहरूलाई प्रेरित गरेकाले उनकै सम्झनामा होली मनाइने प्रचलन रहेको भनेर पनि बिभिन्न धार्मिक कथाहरूमा पढ्न, तथा महात्मा ज्ञानीहरूले कथामा भन्दै आएको पनि सुन्न पाइन्छ ।

यस्तो किसमले नयाँ उमंग लिएर आउनलाई प्रेरित गरिरहेको नयाँ बशन्त ऋतुको स्वागत सात रङ्गी रंगहरूले सबै साथी, इष्ट मित्र, दाजु, भाइ दिदी बहिनी, तथा आफन्तहरूको जीवनमा शान्ति, आन्नद, सुख र सम्बृद्धि छाओश भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रेमको रंग यो चन्दन सरी
रंगमै डुव्ने चाड हाम्रो दिनैभरि ..
ए सररर्र… ३
सररर्र सररर्र सररर्र, …
तालमा ताल मिलाई नाचौ …
सररर्र…३
आकासको रंग हुन्न रातो, हरियो
पानीको रंग हुन्न शागर निलो..ए सररर्र…३
होलिको रंग यो हैन हिलो ..
प्रेमको रंग खेल्न किन ढिलो, ..
ए सररर्र..३
सररर्र सररर्र सररर्र…३ .
घुमी घुमी नाचौ गाउ सररर्र..३
यै रंगमा डुवेर ज्यानै भिज्यो…
प्रेम रंग हो जीवनको किन झिजो, ए सररर्र ..
मायालेलाई देउन मिठो रंग
यै रंगमा रम्ने सबै साथीसँग ..ए सररर्र…३
ए सररर्र सररर्र सररर्र…३
प्रेमको रंग छरौ सररर्र..३
श्रीकृष्णले पुतनालाई मारेपछि,
गोपिनीसँग रंगमा डुब्दै रचे लीला …ए सररर्र…
कामदेवले महादेवको निधारमा वाण हान्दा,
त्रिनेत्रको ज्वालाबाट भष्म हुदा खेरि …ए सररर्र…
रतीको अनुरोधमा रंग छर्दै,
नाची नाची रमाएका खेल्दै होली..ए सररर्र…३
ए सररर्र सररर्र सररर्र ….
आऊ साथी रंग खेल्यौ सररर्र…३
आफ्नो प्रेमको रंगमा घुल्न पाऊ यसै गरि,
ए सररर्र सररर्र सररर्र..३
फुलवारीमा राम्रो फूल फुले सरी .. सररर्र…
नाचौ गाउ, हासौ रमाउ यसै गरी सररर्र..३
सररर्र सररर्र, सररर्र,
नाचू गाउ रंग लगाई सर ..रर्र, ए सररर्र…..३
होलिको रंग आयो प्यारो गरी
सबैतिर रंग लाउँ जीवैभरि …
ए सररर्र…३

निशा खनाल अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *