Skip to content

म त बेदौड दौडने मान्छे पो त !


अर्काको चीज असहज र,
कति राम्रो देखिन्छ,
जति नै सस्तो वा दामी भए पनि
भोकले प्यासको भोगलाई,
विलाई दिन्छ त्यो बेला किन हो ?
दूर्वाच्यले अम्रित दिए पनि !
तिम्रै याद भित्र सधैं नै,
बाँच्ने मन अतृप्त थियो,
शिशाभन्दा झन धेरै,
चस चस चर्कियो किन हो ?
मुटुका माझैमा ।

टाढै भए नि हेर्दै हाँस्दै,
रमाउने तिमीसँग मन थियो,
जाली रुमाल धोए झै
निथ्रुक्क भै दियो किन हो ?
रुन्छ मन साँझमा ।

तिमी फुल्यौ कस्को मन छाउदै ?
म त फुलें पापी रुख झैँ,
धमिराले किन हो कुन्नि ?
खाएको त्यो खोक्रो बाँझमा,
निराशाले वेचैन भरेर कुरी बसेँ,
तिम्रै बाटो हेर्दै त्रिषित त्यो आँखा,
वर्षिरहे वर्षा झैँ किन हो कुन्नि ?
दोमनका साँधमा ।

तर पनि !
मन त सधैं पाकिरहन्छ,
भकभकी किन हो ?
अभौतिक सम्पन्नता भित्र पनि,
गुण विलिन भै रिक्ततातिर लम्किए
असामन्जस्यताले वास गर्न खोज्दा
कुरै सही भए पनि !
म त वेदोड दौडने मान्छे पो त !
नमस्कार छाडि दिन्छु!
फुकि फुकि पाईला चाल्नेहरूलाई
सधैं सतर्क भएको बेला किन हो कुन्नि ?
दरिलो प्रमाण भीडाउन अघि सर्छु,
सरी भन्दै घोची घोची हाँस्नेहरूलाई!
आगो भरिएको छाती भित्र क्षितिजको,
घनघोर वर्षाकोले निभाउन के सक्ला र ?
व्यस्तता माथिको प्रोढ,
अन्धकारमाकिन हो कुन्नि ?
कलिलो जुनेली प्रकाश कहाँ सुहाउला र ?

निशा खनाल अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *