यतिबेला,
तिम्रो योनीमा हाम्फालेर
सारा लाजहरूले गरेका छन् आत्महत्या
र स्थापित भएको छ
मात्र पाँच इन्चको ‘बर्बर’ वस्तुको सत्ता
जहाँ आफ्नै छोरीमाथि,
घोप्टिएर तृप्त भएको बाउ
हरिया दाँत ङिच्याएर गरिरहन्छ
यो फोहरी सत्ताको पहरेदारी !
जब अलमस्त निदाउँछ
थाकेर लस्त भएको जीउलाई
थुपारेर सनातन विछ्यौनामा
डुब्दै उत्रन्छु अवचेतन
र्याल र विर्यको दलदले समुद्रमाथि !
र,
किनारमा निस्केर
दोहार्याउँछु मनै मनमा
मयल र पानीको
दुःख र निर्वाणको
यात्रा र गन्तव्यको
जीवनभरिको अकथ्य कथा !
एकबारको यो जुनीमा
मेरो सानो सपना,
जहिले पनि सपनै रह्यो
यस बीचमा कयौ
बाग्मतीमा धेरै पानी बग्यो
ऋतुहरू कतिचोटी आए गए
तर मेरो सानो
उजाड संसारमा,
वसन्त कहिले आएन
बुढापाकाहरू भन्ने गर्थे
एक न एक दिन
गरिबको पनि दिन आउँछ अरे
दलितको जीवनमापनि सुख छाउँछ अरे,
तर
गरिबको त्यो दिन कहिले आएँन
असाहयको त्यो दिन कहिल्यै आएँन
दलितको त्यो दिन कहिल्यै आएँन,
तर यो गरिबको संसारमा,
त्यो दिन कहिल्यै आएन
वाह्र वर्षमा त खोलो पनि फिर्छ भन्थे
भन्नेहरू ।
तर एक शताब्दी बितिसक्दा पनि
यो दुःखीको घरमा, त्यो दलितको घरमा
सुखको खोला कहिल्यै फिरेन
अँह ! मेरो घर को आगँनसम्म
त्यो गणतन्त्र पनि कहिल्यै आएन भने,
त्यो दलित, गरिब र असाहयको जीवनमा,
कसरी गणतन्त्र आयो होला?
अच्काली भो ! अतिचार भो !!
अब त ब्यूँझिदेऊ
यो कठोर निद्राबाट
देखाइदेऊ,
तिम्रा कोटी कोटी हातहरूको शक्ति
देखाइदेऊ,
तिम्रो त्यो दुर्लभ रुप
हे नारी, हे विश्वका नारी
तिम्रो क्रोधको हुण्डरीले
आओस भयङ्कर उथलपुथल
उठोस साराका सारा हिमालहरू,
छिचोल्ने ज्वार समुद्रमा
वा फुटुन जम्मै महासागरहरू
छिर्दै छिद्रा भएर चाल्नी परोस धरती
बरु सिध्धियोस सभ्यता
र रित्तियोस पृथ्वी
यदि यस्तै बाल, बृद्ध, दलित,
जवान, असाहयमाथि,
क्रुर्हरूले गर्ने अत्याचार हो भने
रित्तियोस पृथ्वी,
सिध्धियोस् सभ्यता,
चाहिएन
युद्ध बन्दी जस्तो
पराजयको बिल्ला लागेको,
आत्माहन्ता जिन्दगी
मलाई लड्नु छ,
र
विश्वका नारीलाई लड्नुछ
तिमीसगै,
हे दानव रुप पशुतुल्य पुरुष
तिमीसँगै लड्नु छ,
इतिहासकोअन्तिम लडाइँ
जसले अत्याचार गरिरहेको छौ
हामीलाई लड्नु छ
तिमीसितै उभिएर
इतिहासको अन्तिम लडाइँ
र
वरण गर्नुछ बरु
शहादत ।
हामीलाई स्वीकार छ
तिमीसँगको अन्तिम लडाइँ
निशा अर्याल
इजरायल
मार्मिक ।
मार्मिक ।