Skip to content


हर दृष्टिको आडमा बित्यो तिम्रो
हाँस्यो सौन्दर्य त्यहाँ जहाँ हृदय तिम्रो
तिमी हौ कविता, कविता नै तिम्रो प्राण थियो
हर कोपिलामा हृदय तिम्रो हर फूल हो मुटु तिम्रो
हर हावाको झोक्कामा देवकोटाको शिप गरी
हर पहाडको झरना एउटा नाउँ हो तिम्रो
तिम्रो रथ हरेक पथमा, कल्पनातित रथमा पनि तिमी
हरतिर पाउछौ तिम्रो हर तर्फ घुमाई तिम्रो
देवकोटा पीडाभित्र तड्पिन्दै खुशी हुन्छ,
बाटो पनि बटुवा पनि मञ्जिल पनि र “म” ।

देवकोटा तिमी !
हर विचारधारामा हुन्छौ ढुकढुकी नेपालको
मातृभूमिका हौ धडकन र दिल दिमाग पनि
चाहेहोस तरंग सरिताको या उमंग नदीको
सबैभन्दा छुट्टै तिमी सबैमासँग सँगैपनी
मेघ गर्जनका राजा मुनामदन हौ तिमी
स्वयं आँधी हौ र आफै संकेत तिमी
देवकोटा,
प्रकृतिको सुन्दर कोल्टो फेराई तिमी
गर्व गर्छ्न हर फुलवारी रमाई रमाई पनि
केही नेपालको हिउँले केही यहाँ हिमालको
कल्पनाको ऊँचाई भित्र कल्पनाको गहराई तिमी ।

हरेक सुन्दर मस्कुराहटमा, दुखाभित्रको मस्ती देख्दा
कोपीलाको धुम्टोमा तिम्रो इच्छा फरमायो तिमो
फूलहरूलाई सौन्दर्य दिएर आँखा दियौ भमरालाई पनि
तर आफै भयौ तमाशा आफै बनौ तमाशाई पनि
टदेवकोटा तिम्रो दिल दिल हैन सुनको टुक्रा हो
जस्मा कविको हाँ छ अनि कविको हृदयमा तिम्रो

देवकोटाको
तिम्रो वारेमा लेख्नु मेरो बसको कुरा होइन
कल्पना गर्दा पनि तिम्रो निधारमा अँझै पसीना छ
क़दर जस्ले गर्छ दिनको, दिन त हौ उसैको तिमी
जस्ले लेख्छ अनि गुन्छ उस्को हर महिना तिमी
श्रष्टाको दुनियाँ तिमी दायरा औंठीको पनि

देवकोटा
औंठीको त्यो सुन्दर मोती हौ तिमी
छायौ दुनियाँमा सधै बनेर दर्द वादल पनि
आँसुहरूको भाषामा लेखिएका “शाकुन्तल” तिम्रो
आश्रम छ बिरानो दुख छ यति तूफानी पनि
जिरिंग भै उठे पन्छी, चिच्याई चिच्याइरह्यो जंगल
एउटा शकुन्तलाको दुंख सबैका आँखाहरू नम
भक्कानिदै ऋषि रोए, रोए हरिणहरूका दल पनि
मानिस पढ्दै जान्छन, होश उड्दै जान्छन
प्रेमको कथा के जस्ले न बनाओस पागल बनी
टांउको निहुराउनु पर्छ एक एक उपमामा तिम्रो
देवकोटा छाएका छौ विश्वमा अमर रस बनि,
शिर झुकाउदै गर्छु मेरो, स्रद्धा सुमन अर्पण पनि ।

निशा अर्याल
इस्रैल

Leave a Reply

Your email address will not be published. Required fields are marked *