काँचो माटो जस्ता हुन्छन,
असल छोरीहरू
पकाउन सकिदैन रापमा
तह लाउन सकिदैन उनीहरूलाई,
उमेर बढ्दै जाने हिसाबले
फेरि एक दिन छरेर
सुपुर्द गरिन्छ नयाँ कुमालेलाई
कि ऊ ढाल्न सकोस आफ्नो रूपमा ।
मुखमा जिब्रो राख्दैन्थे असल पत्निहरू
ऊ भै दिन्छे बाख्राका पाठाहरू जस्ता
माया लाग्दी, कोमल, निर्दोष, असमर्थ
जो जीव्रो हुदा हुदै पनि
समेटेको हुन्छन,
आँखामा करूणा, क्षमा र प्रेम ।
असल आमाहरूले नै,
निर्मित गर्छन परिवारको भविष्य
तान्नका लागि भत्केको गाडीहरू
ऊ तयार गर्छे गोरूहरू
सकि दिन्छे कोखमा नै
थुप्रै धडकनहरू
एक दुई आँसुहरूका अर्ध्यले ।
माफ़ गर मलाई
मैले सुनिन तिम्रो चिच्याई
कि मैले पनि हुनु पर्ने थियो
एउटी असल छोरी, पत्नी या आमा?
के यसैबाट बन्छ घर ?
वास्तवमा मैले सुनेको थिएँ
ती घरहरूको जगमा पुरिएका
भक्काना र दिवारहरू
कि मैले सम्झेको थिएँ
ती पर्खालहरूमा,
टाँस्सिएका कैयौं जिउँदा इच्छाहरू ।
निशा खनाल अर्याल
