Skip to content


अभिमान नगर,
यो स्वार्थी सन्सारमा,
तिमीले भन्यौ मैले सुने
तर,
पक्कै पनि त्यस्तो हुँदैन
तिम्रो जिद्दीले मलाई छुदैन
मैले देखिरहेछु यो कलिमा,
निरापद कोही छैन
न तिमी, न म, न ऊ
न ऊ, न म, न तिमी
सबैको पछि बाँधिएको छ
आशक्तिको पुच्छर ।

सायद,
आशक्तिको आनन्द यस्तै हुन्छ
यसको पुच्छरमा पैसा हुन्छ ।
तिमीले जस्तै उपमा दिएपनि
म मान्नै सक्दिन
होइन निरापद कोही छैन
ठिक आदमक़दको कोही छैन
न म, न तिमी, न ऊ ।”

कोही छ हो कोही छ भने
जसको जिन्दगी
दुधले धोईएको छ
तर विचार गर
दूध कसैको धोबी होइन
तिमीले यो कुरालाई बुझ
हो भन्छौ जिद्दी नै गर्छौ
भने पनि होइन पक्कै होइन,
किनकि,
जसरी हामी बोल्छौ,
भावनालाई बुझ्ने प्रत्येत्न गर्छौ
त्यसै गरी तिमी लेख,
लेख्दै जाऊ,
अनि यस पछि पनि निरन्तर,
म भन्ने आफूलाई ठूलो देखाउ,
संसारले खोजोस् तिमीलाई,
तिम्रो भावनालाई,
अनि,
तिमीभित्रको ईश्वरीयलाई ।

निशा अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *