Skip to content


खतरनाक हुन्छ सपनाको मरण
बरु
श्रमको लुट त्यति खतरनाक हुदैन
पुलिसको मार जति खतरनाक हुदैन
गद्दारी सबैभन्दा खतरनाक हुदैन
बस्ने, सुत्ने, समाइने -कम असल त हो
बुहारी झार जस्तो भएर,
चुपचाप खुम्चिएर बस्नु कमअसल त हो
तर सबैभन्दा खतरनाक हुदैन
कपटको हल्लामा
सही हुदा हुदै दबिएर बस्नु न राम्रो हो
कुनै जुनकिरिको उज्यालोमा,
पढ्न थाल्नु न राम्रो त हो
दाँत पिसेर समय खेर फाल्नु न राम्रो त हो
तर सबैभन्दा खतरनाक होइन ।

सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिबाट भरिनु
न हुन्छ तड़प,सबै सहन गर्नु
घरबाट निस्कनु कामका लागि
र कामबाट घर आउनु
सबैभन्दा खतरनाक हुन्छ
सपनाको मरण
सबैभन्दा खतरनाक त्यो घड़ी हुन्छ
तिम्रो नारीमा हिडदै गरेका ती चिज
जुन तिम्रो नजरबाट लुकेको छ
सबैभन्दा खतरनाक ती आँखाहरू हुन्छन
जसले सबै कुरा देखेर पनि चीसो हिउँ जस्तो हुन्छ
जस्का नजर दुनियाँलाई
चुम्बन गर्न बिर्सन्छ।

जुन चीजहरू उठछन अन्धोपनमा
भापमा मोहित हुन्छन
जो दैनन्दिनको साधारणतया खादै
एउटा लक्ष्य हीन दोबाटोमा दुष्चक्रमा गुम हुन्छ
सबैभन्दा खतरनाक त्यो चन्द्रमा हुन्छ
तिम्रो कानसम्म पुग्न
जसले विलापलाई नास्छ
डराएका मानिसको दहिलोमा जो
गुण्डाको जस्तो हुंकार छ ।

सबैभन्दा खतरनाक त्यो दिशा हो
जस्मा आत्माको सरज डूब्छ
र त्यसको मुर्दा घामको फाँस
तिम्रो तनको पूर्व विझाउँछ ।

भ्रमको लुट सबैभन्दा खतरनाक हुदैन
पुलिसको मार सबैभन्दा खतरनाक हुदैन
गद्दारी लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *