अहो दशैं आएछ ! हो हजुर, दशैं आयो रे ! देशमा दशैं, विदेशमा दशैं, यता दशैं, उता दशैं, जता हेर्यौं दशैं नै दशैं । तपाई सोच्नुहुन्छ होला सबैतिर बहार छ । तर कस्तालाई दशैं ? जसको आँखाँको आँशु आजसम्म रुकेको छैन । नाङ्गो शरीरको लाज ढाकिएको छैन । निदाउँन आँखामा निद्रा छैन । कतै नाङ्गो शरीर कठ्यारिएर कतै वर्षामा भिजेको छिद्रा परेका शरीरका कपडा ओभाएको छैन तर दशैं आउने क्रम रुकेन । उसको समय आएरै छाड्यो दशैं ।
गरिबको निम्ति त दुई छाक दालभातको जोहो हुन गार्हो छ राती आनन्दले निदाउन सकेको छैनन शान्तका निद्रा र एकछाक पेटमा माड़को निम्ति ब्याकुल छन र आशाको किरण बालेर दिनरात सरकारबाट राहत पाउने आकांक्षामा प्रतिक्षित रहेका छ्न जब गरिबीले सीमा नाधेर केही जुट्नु सक्दैन अनि बाध्य हुन्छन साहुको ऋण बोकी परदेशिन कमाउने जोहो को निमित्त ।
सरकार नाटक गर्न ब्यस्त छ सिनेमाको पर्दामा झैँ तर देशको राजनैतिक अस्थिरता, अर्थतन्त्रमा आएको दिन प्रतिदिनको गिरावट सामाजिक र संस्कृत पक्षमा आएका विकृत र विसंगतिको कारणले आज देशको लाखौं युवा जनशक्त्ति विदेशिनु बाध्य मात्र हैन साहुको चर्को ब्याजसहित अरब, खाडी, तथा अन्य मुलुकमा गुलामी गर्न बाध्य भएका छ्न भने युवतीहरू आफ्नो शरीरसंगको सम्झौता गर्न बाध्य छ्न दलालहरूको तर यो सत्यतालाई पचाउन नचाहने देशका सरकार भनाउँदाहरू को घिन लाग्दो प्रवृतिको लागि तितो यथार्थ सरकार वादी मैहुँ भन्ने नेताहरूलेपनि यसलाई नकार्न मिल्दैन ।
आम मानिसको चाड चलिरहेको छ । त्यस चाडको नाउँ हो “महंगी” । के यसको हल छ ? के हल छ यस्को ? धनी झन झन धनी हुँदो छ गरिब झन झन गरिब । नवरात्र, दशैं, दुर्गा पूजा । महंगी । खादान्य प्रदार्थको मोल आकाश छुँदो छ । गरिबहरूको थालमा आउने दाल ३२० देखि ३५० रूपैयाँ प्रीति किलो चर्को बजार भाउ महंगीले रिकर्ड तोडेको छ । लाग्छ फुलवलमा स्वर्ण पदल ल्याउन चर्को प्रतिष्पर्धा भए झैँ वा करातेले नेपालको रेकड राख्न सफल भएजस्तै । सागसब्जी, दुधदही, महंगीको अवस्था यस्तो छ मासुको के कुरा? चामल, नून, पीठों, चीनी, तेल छोई सक्नु छैन, तरकारीको भाउ त न सोध्नुहोस । फलफुलको झन के भनौ लाग्छ बजार भाउ धनीको गहना र साडीको प्रतिष्पर्धा भए जस्तै लगातार बढ्दो महंगीबाट साधारण जनता परेशान छन भने गरिबीले छानो र एकछाक मानो नहुनेको परिवारमा कस्तो होला दशैँ ? हामीजस्तो साधारण परिवारले सोच्न बाध्य भएका छौं परदेश भूमिमा चौविसै घण्टा असक्त, पागलको चाकडी गरेर पाएको तलब घरमा पठाउदा धन्सन बालबच्चाको पेट भराउन गार्हो छ शिक्षा दिन राम्रो बोडिंग स्कुलको के कुरा ? झनै गासँ वाँस, कपास नहुनेको के गति होला ? उनीहरूको परिवारमा कसरी आयो होला दशैं ? सरकारलाई कसरी हुन्छ आफ्नो कुर्शी जोगाउन संसदको भत्ता ५०% बढाएर खुशी पार्न तलिन छ तर महंगीलाई लगाम लगाउन नाकाम । कहिल्यै सरकार वादी नेताहरूले सोचेका छ्न ? गरिब र थोरै तलब पाउने साधारण मानिसले आफ्नो घरको खर्च कसरी चलाइरहेका होलान?
भोक, शोक, अशिक्षा र गरिबीले दुइछाक परिवारको मुख माड़ लगाउन देशको नाजुक अवस्था, वेरोजगारी भएका मानिसको लागि आवश्यता सर्वप्रथम नै जननी हो भन्ने यथार्थ हामी नेपालीकोलागि मात्र नभएर संसारको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, तथा भौतिक इतिहासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुने परिवर्तनमा सरोकार राख्ने जो कोहीलाई भनिरहनुपर्ने आवश्यता पर्दैन किनकि जब मानिसको जीवनमा कठिन समस्याले पिडिन्छ, चोटले पिल्सिन्छ अनि उसले आवश्यकताको महसुस गर्छ र उसले नयाँ कुराको आविष्कार गर्छ, चाहे त्यो गरिबीले पेट पालन कठिन पारिश्रम होस्, वा बैज्ञानिकहरूले गर्ने ठुला ठुला आइटम बमको आविष्कार नै होस ।
चेतना भएको प्राणीमा सर्वश्रेष्ठ सामाजिक प्राणी मानिस नै हुन त्यसैले देशमा, समाजमा, गाउँमा, सहरमा घट्ने स-साना घटनाहरूले उसको व्यक्तिगत तथा सामाजिक जीवन शैलीमा प्रभाव पार्ने गर्दछ । चाहे आफ्नो भूमि छोडेर बाध्यताले विदेशिनु नै किन परोस तर हामी जस्ता लाखौ परदेशी यी कुराहरूवाट अवश्य नै अलग छैनन् ।
हामी जस्ता कैयौं युवा, युवती काम गर्न विदेशिदा केही महिना, वर्षमा अकस्मात कोही मालिकको कठोर दण्डमा मृत्यु हुन्छ त कोही अकस्मात संकास्पद अवस्थामा मालिकको घरमै झुण्डिएको अवस्थामा फेला पर्दछन, कोही बलत्कारको सिकार त कोही काम गर्ने घरको छतवाट झरेको अवस्था होस् वा मुस्लिमको आतंकमा गाडीले किचिएर, छूराले हानेर मृत्यु वरण गर्नपुग्छ्न ।
आज देशको गरिमामय कुर्शीमा राज गर्ने सरकार वादीहरू नै लुटेरा र देशलाई खोक्रो बनाउने कार्यमा जुटेको यो कम्जोर र पीडादायी अवस्थामा देशमा हुन वा विदेशमा नेपालीहरूमा एकता र जागरुपताको मनोभावना जाग्न जरुरी छ ।
मेरो जीवनमापनि ठुलो बज्र गिर्नाले मेरा पाइला घरवाट बाहिर निस्कियो एउटा लक्ष्य बोकेर बादल पार्रीको देशमा आफ्नो बालक सन्तानलाई पर्ने पीडा, दुख, र संकटलाई नयाँ रुप दिने कोशिसमा सुनौलो भविष्य खोज्नलाई मन भरी चोटै चोट गह भरी आँसु नै आँसु बोकेर स-साना बालक अनि नजिकिदै गरेको बडा दशैंलाई छोडेर निस्कनु त्यो एउटा दुख लाग्दो क्षण आँखाँमा आउँछ हरेक वर्ष झैँ । यसरी परदेशीको गुलाम भएकोपनि बार्हौ वर्ष कतिसकेछ तर अँझै दशैं आएको छैन । आफ्ना आफन्तहरूको माया कस्तो हुन्छ कुन्नि ? यी सन्तानलाई छोडेर प्रदेश लाग्दाको पीडा अनि हरेक वर्ष आउने वडादशैंले दिने गहभरी आँशु । आखिर किन आउछ दशैं ?
मनलाई बलियो पारेर आँशुको घुट पिउदै बसेपनि सन्तानको माया र बृद्ध आमाको स्नेह आँखा वरिपरि घुम्न थाल्छ अनि त्यो अवस्थाको आभास गराउँछ । पर्स्थितिले चेप्टिएर देशमा छोड्नुको पीडा झनै सन्तानले रमाउने दशैं सम्झेर भावनामा बहन्छु, रुन्छु मुटु थिचीथिची कसैले सोधी पो हाल्छन कि ? दुर्गा माताको तस्वीरलाई हेर्दै मन घर वरी परिका दृश्यहरू अवलोकन गर्न पुग्छु म । मन रोएर दशैं मनाउँछ निधार खाली भएर । हुन त सम्पन्न भएको भए मैलेपनि सपना देख्ने अघिकार हुन्थ्यो तर म जस्ता हजारौ गरिबीले पिडीयका छ्न जसले सपना देख्दैन भने म को हो सपना देख्ने ? फेरि पागलको अनुहारतिर हेर्दै सकीनसकी उचाल्छु अनि कोठामा पस्दा उनी देवीको तस्विर आँखामा पर्छन फेरि दशैंको चहकमहक सम्झन्छु अनि उनै वर्षामा निथ्रुक्क भिजेका वालबालिका र वृद्धलाई नियाल्छु जो कठ्यारिएर हातलाई मुट्ठीपारी बसेका छ्न छानो धर्धरी चुहिएको घरको एउटा भित्तामा ओत् लाग्दै कठै उनीहरूको जीवनमा कसरीप्रवेश गर्यो होला दशैं ? फेरि कोल्टो परेर सम्झन्छु आफ्नो परिवेस सबै बिरानो लागेर आउँछ ।
त्यस्तै कुनै समय आफन्तहरूको मायाले लज्जित भएको थिएँ । म नजिकको दशैंलाई छाडेर आउनु पर्दाको क्षण मेरो मन रोएको थियो उनीहरूको बिछोडमा तर म चाडै आउनेछु भन्न पनिसकेको थिइन । मनले नचाहेर पनि म प्रदेश हिंडें हो परस्थितिले जब मानिसलाई आफन्तहरू, स-साना बालकहरू, बृद्ध आमाबुवा तथा आफ्नो लोग्ने, श्रीमतीलाई छोडेर हिंड्दाको पलमा दुखित तुल्याउनु स्वाभाविक हो ।
मनमनै सोच्छु आखिर म मात्र परदेशिएको हो र ? म जस्ता बेरोजगार, भएका लाखौ युवायुवती मजबुर भएर परदेशिनुको बाध्यता उनीहरू माथिको अत्याचार पीडाहरूलाई पनि सम्झन्छु अनि मन केही हदसम्म बुझाउछु आखिर के नै पो गर्न सक्छु र म उनीहरूको पीडामा ?
घाउमा मलम लगाउन सक्दिन त्यै पनि हाँसी हाँसी गला रेट्दै छु जस्तो लाग्छ । हुन त नेपालको स्थितिले गर्दा नेताहरूको गलाको फासो हुने लागेर नेताले जनताहरूलाई कहिले सरकारी कोटाको रुपमा भिसा दिने नयाँ चलखेल गर्छ र भित्र सकेसम्म लुट्छ त कहिले खाडी र अरबको टन्टलापुर तातो रापमा काम गर्न बाध्य बनाई देश निकाला गर्ने उपाय अपनाउँछ अनि के दशैँ? के तिहार? कठै युवाहरू परदेशिन बाध्य छन ।
यस्तै सम्झनाहरू संगालेर परदेशमा दिनहरू वित्दै गएकोपनि बार्ह वर्ष भएछ । आफन्त नहुनेको लागि परदेशमा दशैं ? हैन दशैं कस्तो हुन्छ ? जहिले पनि कामको काम, त्यही तिखो बचन अनि दिशा, पिसाबको गन्ध । उनीहरूलाई के मतलब दशैं ? निधार भरि रातो टीका र शिरमा जमरा राख्दै आशिस कसले दिन्छ र आउछ दशैँ? न आफन्तको साथ न ठुलोको आशीवाद बिना मनाउने पनि हुन्छ र दशैं ? यस्तै कल्पनामा देवीलाई सम्झेर अखण्ड बत्ती बालि सधैं प्रार्थना गर्दै त्यही सन्तान र घरको सम्झनाले मुटु चुलिन्छ। मन बिरहले पोल्छ अनि सम्झनाहरू डुबुल्की मारिदै छालहरू जस्तै फिजिकरण थाल्दछन । आफू जति मन रोए पनि परदेशीको दशैं बाहिर हाँसो दिएर भित्र रोएर बस्न पर्ने देखावटी लोककृतिको दशैँ र पनि आफ्नाका मायाले चुलिनु हुने देश, परदेशमा रहनु भएका सम्पूर्ण आफन्त, नेपाली दाजुभाइ, दिदीबहिनी तथा मित्रहरूलाई जे जस्तो भएपनि करको हाँसो र हाम्रो संस्कारलाई जीवित राख्न हर्षोउल्लासकोसाथ दशैं मनाउन शुभ कामना दिदै नवदुर्गा भवानीले सबैको रक्षा गरुन भन्ने कामना अर्पण गर्दछु ।
निशा अर्याल
इजरायल
