Skip to content


चर्को घाममा र प्रचण्ड गर्मीमा पनि,
चौतारीको छाहारी शितलताको अनुभूतिभित्र
तिम्रै अनुहार मुस्कुराउँछ ।

वर, पिपलले दिने शितलताभित्र,
चन्द्रमाको मधुरो प्रकाशमा पाइने
अमृतको वर्षासँगै तथा,
विहानीको लालिमा, सँगै,
क्षितिजमा देखिने सप्तरंगी इन्द्रणी,
रोदन युक्त बालकको,
ती आमाको गहिरो प्रेममा,
जतातेतै व्याप्त, अव्याप्त,,
अन्यय, वेतिरेकहरुमा,
इश्वरीय भाव, तुरीय तथा,
समाधिमा जहाँ तहाँ तिमीलाई देख्छु ।

मेरो शरीर र भित्रका नशा र,
रौं-रौंको कणकणमा,
परमाणु बन्दै तिमी
मेरो मष्तिस्कका हरेक अनुभूतिहरुमा,
स्वास, प्रश्वास, स्नायु बनी,
आँखाभित्रको नानीमा सधैं दृश्य बनी,
प्रिय शखे विराजमान छौ तिमी !
पलपलमा रात्री, सन्ध्या, बिहानीहरुमा ।,

भजन र कृतनका वाणीहरुमा,
दिलभित्रका आनन्दहरुमा,,
यदूर वेद भित्रको व्रह्माष्मी देख्छु .
मेरै आत्माभित्र धपधप गर्दै,
इस्वरीय स्वरूप बनेर ।

हरपल सपना र विपना बनी,
तिमी मुस्कुराइरहेछौ ।

अनि भन्न मन लाग्छ,
अह म शखे असि ।

म अन्त कहाँ जान सकौला ?
प्रिय शखे …!
तिमी सधैं दिलभित्र मेरो,
राज गरिरहेछौ ।

योगमा लीन योगीको भेषमा ।

हरियाली बनेर,
मेरो रुख्खा पतझड वृक्षभित्र,
लटरम्म फलफूलले वहार बन्दै,
फुलेका फूलका सुगन्धमा तिमी ।

म आफैभित्र खोजिरहेछु तिमीलाई ।

एउटा यात्रु ईश्वरको खोजीमा भड्के झैँ ।
अनि तिम्रै त्यो न्यानो स्पर्शभित्रको
अनुभूतिले हाँसी हराइरहेछु।

सागरमा डुबुल्की मार्दै त्यही संस्कार,
जँहा तिमी छौ अनि म ।

निशा अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *