सुमन काले
यस्तो लागेको छ, ६०१ सबैका बंगारा झरीदिउँ जस्तो,
यस्तो लागेको छ, ६०१ सबैका बंगारा झरीदिउँ जस्तो,
सेतो घरमा बम हानी, एक-एकलाई मारीदिउँ जस्तो!!
कस्तो कस्तो सपना देखें जोश चड्याछ एकाबिहानै देखि,
मारेर सबलाई बरु डेरा, नख्खु तिरै सारीदिउं जस्तो!!
नेपाल आमालाई चुस्न पल्केका , बिदेसिका दलालहरु,
छप्काएर सालेहरुलाई एकै चिहान पारीदिउं जस्तो !!
लुछ्नु लुछेउ , चुस्नु चुसेउ, अब सकिए तिमार्का दिन,
चारपाटा मुडी, आँखा निकाली, महाकाली तारीदिउं जस्तो !!
यस्तो लागेको छ, ६०१ सबैका बंगारा झरीदिउँ जस्तो,
सेतो घरमा बम हानी, एक-एकलाई मारीदिउँ जस्तो!!
२/२/२०६८ “सुमन काले”
सधैं आउनु सपनीमा मेरा खुसी अग्लिरहुन
सधैं आउनु सपनीमा मेरा खुसी अग्लिरहुन,
भिजोस सिरानी हरबिहान आँखाहरू पग्लिरहुन
कस्तो जादु गर्यौ तिमीले यति धेरै माया बस्यो
मेरा यी आँखाहरूमा कल्पित तिम्रै छायाँ बस्यो
नदेखेकी मेरी माया कोईलीको झैं उनको बोली
कतै टाढा एकलासमा मेरै याद गर्दै होली
भेट्न मन लाग्छ तिमीलाई देख्न मन लाग्छ,
तिम्रै नाउँमा गजल गीत लेख्न मन लाग्छ,
मनका कुरा कसरी भनु गर्नु गर्यो दुरीले
माया त टाढा छैन “अनु” गर्नु गर्यो दुरीले
2068/04/17 (suman kale)
आऊ – जाऊ टाडा छ, पुरानो भैसकेछु म
सोच्थें नाता गाडा छ, बिरानो भैसकेछु म,
आऊ – जाऊ टाडा छ, पुरानो भैसकेछु म
भर पारी मलाइ, अर्कैसँग गाँस्यौ नाता,
सम्बन्ध यो छाडा छ, फलानो भैसकेछु म
कलेजीमा रोपियो, बचन रुपी छुरा यो,
बोलीमा त्यो काँडा छ, अचानो भैसकेछु म
आफ्नो पाथी भर्यौ नि, मेरा भकारी भत्काई,
मात्र रित्तो भाँडा छ, खलानो भैसकेछु म
तिमी उच्च म निम्न, भाग्यै मेरो खोटो र’छ ,
बिचमा ठुलो डाँडा छ, स-सानो भैसकेछु म
२१/०४/२०६/ “सुमन काले”
मुस्कान छरिदेऊ तिमी
ओईलिएको, ओठमाथि, मुस्कान, छरिदेऊ तिमी,
मेरा गजल, गीतहरू, मिठास, भरिदेऊ तिमी
उदायो जुन, घाम ढल्यो, मनको, आगो निभेन खै?
मेरो मनमा, शीत बनी, सितल, झरिदेऊ तिमी
एक्लो बिहान, एक्लै रात, हिउँदे, सिरेटोहरूमा,
जाडोले म त, काम्न थालें, नजिक, सरिदेऊ तिमी
तिमी हौ मेरी, मैना चरी, तिमी नै, मेरी गौंथली हौ,
तिम्रै निम्ति हो, माया को यो, जालमा, परिदेऊ तिमी
उथल्पुथल, जवानी यो, गाह्रो छ, भेल एक्लै काट्न,
मेरै बाहुमा, अटाएर, जङ्घार, तरिदेऊ तिमी
रहर साँचें, तिम्रै लागी, हठात्, बाँचें तिम्रै लागी,
नशा सँगै जिएपछि बल्ल भुलेँ तिमीलाई
छ बोतल पिएपछि बल्ल भुलेँ तिमीलाई,
झनै कडा लिएपछि बल्ल भुलेँ तिमीलाई
आकाशमा ऊँडे झैँ भो बादलमा डुले झैँ भो,
दुई सर्को दिएपछि बल्ल भुलेँ तिमीलाई
आफ्ना गए, पैसा गयो तिम्रै याद जान गाह्रो,
नशा सँगै जिएपछि बल्ल भुलेँ तिमीलाई
भरिदिएँ ओखती यो त्यै पुरानो सिरिन्जमा,
अंग अंग सिएपछि बल्ल भुलेँ तिमीलाई
कैयौं दिन लाग्यो हेर अब त खै ढिला भयो,
ईज्जत यो खिएपछि बल्ल भुलेँ तिमीलाई
१७/०४/२०६८ “सुमन काले”
ऊ बेश्या होइन

“दाइ, ” एउटा अपरचित नारी आवाज, मेरो कानमा गुन्जियो ।
म बिस्तारै पछाडी फर्केर हेरें! एउटा त्यस्तै २४-२५ जतिकी केटी खिस्स हाँसी ।
केटी बोली : “दाइ जाने हो?”
म बेसुर मै बोलें, “जाने हो साथी आएपछि । ”
बागबजारको आकासे पुलमा साँझको त्यस्तै ६:३० बजे म मेरो साथीलाई कुर्दै थिएँ । तर ऊ आउन ढिलो गरिरहेकी थिई । सबै जना आफ्नो आफ्नो गन्तब्यतिर लाग्दै थिए । सिमसिम असारको झरीमा म पनि के कम ! निथ्रुक्क रुझेका केटीका कसिला छाती नियाल्दै समय काट्दै थिएँ साथीको पर्खाइमा । तिनै मान्छेको भीडबाट एउटाले मलाई बोलाएकी थिई, ” दाइ जाने हो?”
मेरो उत्तरले उसले के सोची कुन्नि, “एक जानाको ३००, दुई जनाको १००० ।”

तिम्रै निम्ति अलिकति सास छ बाँकी अँझै,
बनैभरि गुराँस फुल्यो तिमी छौ कि कतै ?