गजलमै पिरती यो उन्न फुर्सद छ कि तिम्लाई ?
मेरा पनि दुई शेर सुन्न फुर्सद छ कि तिम्लाई ?
देखें तिमी लट्ठ परें भेल उर्लियो यौवनको यो,
बाँधै टुट्यो बैंशको लौ थुन्न फुर्सद छ कि तिम्लाई ?
मायाँ गर्छु भर पर्छु हुन्छ भन्देऊ नाईं नभन,
हजारौंमा मैं एउटा चुन्न फुर्सद छ कि तिम्लाई ?
मुखले त जस्ले पनि भनी नै हाल्छ मायाँ गर्छु म,
कस्को धेरै कस्को थोरै गुन्न फुर्सद छ कि तिम्लाई ?
यता उता गर्दा गर्दै जोवन फेरी ढल्केर जाला,
“नैनी ताल”, माया जाल बुन्न फुर्सद छ कि तिम्लाई ?
१७/०९/२०६६
सुमन काले
