तिमी जून, जस्ती हैनौ, जून तिमी, जस्तो लाग्छ,
भन भन, मेरी प्रिया, तिम्लाई म, कस्तो लाग्छ?
तिमी जस्ती, सुवासिली, चाँदलाई, देख्दा खेरी,
गुलाबको, फूल पनि, लजाएर, खस्दो लाग्छ
आँखा जुध्छ, लाज मान्छौ, बोल्न पनि, डराउँछौ,
मुस्काउँछौ, ओठ टोकी, अनि माया, बस्दो लाग्छ
भोक छैन, निद्रा छैन, तिमीलाई, भेटेदेखि,
के भो के भो, मुटु भित्रै, मायाले नै, डस्दो लाग्छ
मोहनी पो, ला’यौ क्यारे, पिरतीको, जाल्मा पार्यौ,
तिमीसँगै, पापी मन, सुस्तै- सुस्तै, फस्दो लाग्छ
जून टिपी, ल्याईदिन्छु, मोतीले नै, सजाउँछु,
तिम्रो माया, बाहेक त, अरु सबै, सस्तो लाग्छ
तिमीसँगै, बाँच्न पाऊँ, तिमीसँगै, मर्न पाऊँ,
धरोधर्म, आज भोलि, किन-किन, यस्तो लाग्छ
०२/०४/२०६८ “सुमन काले”

Kale jee,
Gajal ta ramrai
Kale jee,
Gajal ta ramrai 6, tara comma dharai bhayo, gajal vanda pani Haiku ka tukra jodeko jasto lagyo.