Skip to content

नशा सँगै जिएपछि बल्ल भुलेँ तिमीलाई

छ बोतल पिएपछि बल्ल भुलेँ तिमीलाई,
झनै कडा लिएपछि बल्ल भुलेँ तिमीलाई

आकाशमा ऊँडे झैँ भो बादलमा डुले झैँ भो,
दुई सर्को दिएपछि बल्ल भुलेँ तिमीलाई

आफ्ना गए, पैसा गयो तिम्रै याद जान गाह्रो,
नशा सँगै जिएपछि बल्ल भुलेँ तिमीलाई

भरिदिएँ ओखती यो त्यै पुरानो सिरिन्जमा,
अंग अंग सिएपछि बल्ल भुलेँ तिमीलाई

कैयौं दिन लाग्यो हेर अब त खै ढिला भयो,
ईज्जत यो खिएपछि बल्ल भुलेँ तिमीलाई

१७/०४/२०६८ “सुमन काले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *