
1.तिमी पूर्वको लाली किरण, म पश्चिमको रातो घाम,
तिमी धनी बाउकी छोरी रे, म त गरिबीले जल्दो नाम
खै कसरी सम्भव होला र ? तिम्रो र मेरो मिलन अब ?
तिमी ई-मेल, जी-मेल, फेसबुक, ट्वीटर, म दूर कर्णालीको खाम
“सुमन काले”
2.सग्लो मन मेरो तोड्न पाईन्छ,
टुक्रा टुक्रा पारी फोड्न पाईन्छ,
नसोचे हुन्छ, यो “काले”को मन हो,
तोड्यो, फोड्यो अनि फेरि जोड्न पाईन्छ
“सुमन काले”
3.कैले डराउँदै ब्युँझिन्छु म, कैले फहराउँदै ब्युँझिन्छु म
रोक्छु भन्छु आँसु रोकिन्न, घाउ चहराउँदै ब्युँझिन्छु म
तिम्रै मुहारमा आँखा अल्झियो, अतृप्त याद फेरि बल्झियो
औंसीको रात कस्तो सन्नाटा, “सानु” कराउँदै ब्युँझिन्छु म
कैले डराउँदै ब्युँझिन्छु म, कैले फहराउँदै ब्युझिन्छु म
१२/०५८/२०६८ “सुमन काले”
4.घाम पनि मधुरो लाग्छ,
जुन पनि अधुरो लाग्छ,
तिमी नभए मेरी काली,
जिन्दगानी अपुरो लाग्छ
“सुमन काले”
