SumanGhimire-04


(यो बास्तबिकता र कल्पनाको फ्युजन हो । यसलाई यौन कथाको रुपमा नभई “मनोबैज्ञानिक सामाजिक कथा”को रुपमा लिइदिनुहोला । यो मेरो पहिलो यथार्थवादी कथा हो । त्यसैले प्रतिकृयाको आश गर्दछु। यो कथा कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

“दाइ, ” एउटा अपरचित नारी आवाज, मेरो कानमा गुन्जियो ।

म बिस्तारै पछाडी फर्केर हेरें! एउटा त्यस्तै २४-२५ जतिकी केटी खिस्स हाँसी ।

केटी बोली : “दाइ जाने हो?”

म बेसुर मै बोलें, “जाने हो साथी आएपछि । ”

बागबजारको आकासे पुलमा साँझको त्यस्तै ६:३० बजे म मेरो साथीलाई कुर्दै थिएँ । तर ऊ आउन ढिलो गरिरहेकी थिई । सबै जना आफ्नो आफ्नो गन्तब्यतिर लाग्दै थिए । सिमसिम असारको झरीमा म पनि के कम ! निथ्रुक्क रुझेका केटीका कसिला छाती नियाल्दै समय काट्दै थिएँ साथीको पर्खाइमा । तिनै मान्छेको भीडबाट एउटाले मलाई बोलाएकी थिई, ” दाइ जाने हो?”

मेरो उत्तरले उसले के सोची कुन्नि, “एक जानाको ३००, दुई जनाको १००० ।”

मैले उसको कुराको न छेउ बुझें न टुप्पो । म वाल्ल परेको देखेर ऊ नै बोली, “तपाईंले भनेको ठाउँमा गए २००० पर्छ, हाम्रोमा गए १००० मै हुन्छ” ।

मलाई डर लाग्यो, म आलस तलास भएँ, केही बोल्नै आएन । मैले बल्लो पो कुरा बुझें, ऊ आफ्नो जिउँदो मासुको मूल्य पो बताउँदै थिई ।

हिम्मत जुटाएर बोलें म, “कोसँग कस्तो कुरा गर्नु पर्छ थाहा छैन?”

एक्कासी के बोलें के बोलें । मेरो स्वर उच्च भयो, “साला भालु !”

ला फुत्किहाल्यो । ऊ रन्किई, “नजाने भए जान्न भन्नु नि । साले खाते अर्कालाई भालु र सालु भन्दो रैछ । मा.(अस्लिल शब्द) रन्डीको छोरो ।”

ऊ गई अर्कै खोज्न । उफ: कस्ता कस्ता केटी हुन्छन? म हैरान भएँ, पहेंलो तर मैलो टिसर्ट, त्यस्तै निलो जिन्स पाईन्ट, ओठमा गाढा रातो लिपिस्टिक, अनि त्यस्तै गाढा मेक अप, तेलले ल्याच ल्याच भएको कपाल, पातलो चप्पल- मयल भरिएका साना खुट्टा, झोलिएका स्तन, थलथल भुँडीको मासु । मैले उसको शिर पाउ हेरेर भ्याएछु एक पटक मै । सुरुमा बोल्दा त कति मिठो ‘दाइ’ भनेकी थिई नि ! म उसको ग्राहक बन्न तयार भैन नि त तै भएर होला, मैले ठम्याएँ । हुन त मैले पनि ‘भालु’ नै त नभनेको भा’ पनि हुन्थ्यो । ख़ुई !

फोन डायल गरें त्यही साथीलाई, “तापाईंले सम्पर्क गर्न खोज्नु भएको नेटवर्कको व्यस्तताले!”

साला नेपाल टेलिकम ! रिस उठ्यो टाउको भन्न भयो । मोबाइल भित्तामा फालेछु । कार्बनको k 25i झ्वाम ! सिम कार्ड र ब्याट्री टिपें, मोबइलका टुक्रा टाक्री पनि टिपें । रिस अलि शान्त भयो । लौ त्यति बेला मैले आफूलाई त्रि-चन्द्रको गेट नगिचै भेटें । उफ: म पनि जानु पर्ने २३ नम्बरको गाडी चड्न भृकुटी मण्डप, आएछु कता? दिशा परवर्तन गरें । मनमा नाना भाँती कुरा खेल्दै थियो, रात परिसकेकाले पाइला लम्काएँ लमक लमक ।

“दाइ,” फेरि मधुरो नारी आवाज । यो दाइ भन्ने शब्द पनि रिस उठ्न थाल्यो । अगाडि १७-१८ जतिकी राम्री केटी मुस्कुराईरहेकी थिई ।

“दाइ जाने हो?”

उसको गुलाबी – सेतो कुर्ता, सुनकैले केश, ठुलो निधार, लोलाएका निर्दोष आँखा, मिलेको जिउ, कसिलो छाती, अनि कति मिठो बोली, लगभग म लट्थियें नै ! कति फरक थियो अघि कि र यसमा ! तर के गर्नु धन्दा भने यौटै रैछ । म अवाक भएँ । म अभ्यस्त भैसकेको थिएँ । सोचें अघिकीले मोबाइल खाई, यसले के खाने हो? नम्र भएर पन्छिन खोजें, “यसरी बाटोमा आफ्नो आफ्नो कामले एक सुरमा हिंडेको मान्छेलाई सिधै यस्तो भन्न लाज लाग्दैन तिमीलाई? मान्छेहरू काँ’ काँ’ पुग्न हिंडेको हुन्छ । अलिकति त ख्याल गर्नु पर्छ नि !”

“केको लाज दाइ ? मेरो त काम नै यही हो । यसरी नखोजे कसरी पालिने हो काठमान्डूमा ?” बिस्तारै बोली ऊ ।

सोचें यो अलिकति भए पनि उच्चा गुड्स्तर कि रैछे ।

म फेरि झस्किएँ हँ ? काम नै यही हो ? मन हुँडलियो काम नै यही हो भनेपछि त यसले सय जनालाई बेची होली एउटा जिउँदो मासुको चोक्टा । काँ’ सय जना मात्रै ? हजार जना पुगे होलान नि ! अंग फुलेर आयो, डर लाग्यो, आँखा तिर्मिर गर्यो ? भागुँ भागुँ जस्तो लाग्यो । तर के भाग्नु ? वरपरका मान्छेले के सोच्लान ? चोर भन्ने ठान्लान, फेरी ? दगुर्न मन लागेन । सब आ-आफ्नो सुरमा छन्, अँधेरो हुदैछ, परिरहेको पानी रोकिएको थियो अहिले ।

“किन यही काम गर्नु पर्यो? अरु काम गरन?” मैले धक मानी मानी भनें ।

“के काम पाईन्छ र यो नर्कमा? यहाँका मान्छे त लुट्न मात्रै जानेका छन् । सालाहरू !” सहर र यहाँका मान्छेप्रति उसको घृणा पोखियो छताछुल्ल ।

“काम खोजेपो पाईन्छ त ? तिमीहरूलाई यही काम सजिलो लाग्छ । कति पढेको छौ?”

ऊ अनकनाई । “तपाईं जाने कि नजाने ? नजाने भए तपाईंलाई किन चाहियो नानाभाँती ?” सायद मेरो प्रस्नले रिसाई ऊ ।

मैले हासेरै भनें, “तिमी मसँग राम्रोसँग त बोल्दैनौ भने कसरी जान सक्छु र तिमीसँग?”

म नि के कम पत्रकारको ढासा ल्याएँ ! सायद म ऊसँग जाने भएँ भनेर मक्ख परी ऊ!

“डिल्ली बजारमा मेरो कोठा छ,” केही बेरको मौनतापछि ऊ बोली ।

“तिम्रो नाम के हो ?”

उसले सोचेझैं गरेर भनी “अनिशा । अनिशा तामाङ ।”

“अनि घर?”

“नुवाकोट ।”

सायद झुट बोली होली । पत्रिकामा पढेको थिएँ यस्तो काम गर्नेले सत्य नाम, ठेगाना बताउन्दैनन् भनेर ।

“कति पढेको छौ? अनि को को छ घरमा ? अनि यहाँ किन यस्तो काम?”

मैले सोधेको यति मात्र हो, अनि मैले केहो सोध्नु परेन । उसको अनुहार अँधेरो भयो । त्यहाँ म उसको पीडा सजिलै देख्न सक्थें । तर सुनेको थिएँ यस्तो काम गर्नेहरू नाटक गर्न खुब सिपालु हुन्छन ।

“घरमा बा, आमा, भाइ छन् । दुई बर्ष अगाडि एस.एल.सीमा 1st डिभिजन आयो । के के नै गरुँला भनेर यहाँ आएँ । हामी गरिब छौं, बा रोगी हुनुहुन्छ ।”

उसका आँखा आँसुले भरिंदै गए ।

“जेनतेन घरबाट ल्याएको पैसाले kmcमा भर्ना भएँ ५०% छात्रवृत्ति पाएर कमर्समा । भर्ना त भएँ तर मासिक फि केले तिर्ने? म कामको खोजीमा लागें । आफूले चिनेको कोहि थिएन । डिल्ली बजारमा एउटा पोते बुन्ने कारखानामा काम पाइयो । दिनको १२५ दिन्थ्यो साहुले । बिहान कलेज अनि दिउँसो- बेलुका काम ।”

एक सासमा भनी भ्याई उसले यति कुरा । अनि ऊ रोकिई । उसको कुराको सायद मध्यान्तर भयो । आँसु पुछी, अनि ओठ कमाउँदै बोली ऊ फेरि, “एक दिन त्यही कारखानाको साहुले (उ भक्कानी रहेकी थिई ) मलाई लुट्यो । म लुटिएँ, म बलात्कृत भएँ, गुमाएँ मैले कुमारीत्व ।”

उफ कुनै नेपाली फिलिमको कथा जस्तो । सोचें म हिरो जस्तै त्यो ठाउँमा पुग्न पाएको भए ।

“कसैलाई नि नभन्नु भनेर २००० रुपैंयाँ दियो साहुले । म त्यो रातभर रोएँ । तर जे नहुनु भैसकेको थियो । सोचें, एकछिनको पीडाले २००० कमाएको थिएँ । मैले चित्त बुझाएँ । कसैलाई भन्ने आँट आएन । भने पनि कसले सुन्थ्यो र ? यो अनकन्टारमा सबै उस्तै हुँ नरभक्षीहरू ।”

पुरुषप्रति घृणा थियो उसको । ख़ुई, लामो सुस्केरा हाली उसले, “एक पटक लुटिएपछि फेरि फेरि लुटिन गहारो हुँदैन रैछ । त्यसपछि दैनिक जस्तो भोग्न थाल्यो उसले मलाइ । म पनि सुम्पिईन्दै गएँ । पैसाको लोभमा विवशतामा ।”

स्वर मधुरो हुँदै गयो । आँसु पुछी सलको छेउले ।

“अनि यसरी नै दिन बित्दै गयो । मेरो पैसा कमाउने चाहना बढ्दै जान थाल्यो । साहुले पनि आफ्ना साथीहरूलाई बोलाउँथ्यो । म विवश बन्दै गएँ । उता बाबा रोगी अनि भाइको पढाइ, घरखर्च, क्याम्पस फि, कोठा भाडा, के के के के । उपाय पनि त थिएन मेरो । (मेरो मुखमा हेरी उसले मैले मुन्टो निहुराएँ) । आवश्यकता बढ्दै गयो । छिटै पैसा कमाउने महत्व्कांक्षा, अनि घरको दयनीय स्थिति । अनि साहु र साहुका साथीमा मात्र सीमित रहेर मलाई नपुग्ने भो ।”

लगभग उसका कुरा सिद्धियो । एकछिनको मौनतापछि ऊ बोली, “१२को रिजल्ट कहिले आउँछ ? रिजल्ट आएपछि घर जानु छ । बालाई यहाँ ल्याएर उपचार गर्नु छ । भाइलाई पनि यहीको बोर्डिंङमा हाल्छु । आमालाई नभेटेको पनि एक बर्ष भयो ।”

ऊ खुसी थिई अहिले । उसको मुहार खुसीले टल्किएको थियो । उसको कुरा अब पुरै सकियो साएद । म फेरि सोच्न थालें, “क्याम्पस पढ्ने शिक्षित र राम्रा केटी पनि यस्तो काम गर्दा रैछन । पहिला विवशता उच्च महत्व्कांक्षा, अनि पैसाको लोभ, बानी परेपछि काम छोड्न नसक्नु ! हुन त उसले ढाँटेको पनि त हुन सक्छ । मलाई यो बाहना बनाई अरुलाई अर्कै बनाउन पनि त सक्छे ऊ ? तर होइन उसको आँखामा सत्यता छ । उसको आँसु नक्कली होइन।”

म फेरि झस्किएँ । म त “पी. के”को गेट पनि कतिसकेछु । म ऊसँग अब छुट्नु पर्छ । तर कसरी ? उसको कोठा त डिल्लीबजारमा छ । उफ! म छुट्ने बहाना खोज्न थाल्छु, “तिम्रो मोबाइल नम्बर देऊ न?”

“भो, किन चाहियो?” ऊ कडकिई ।

“पछि पनि त काम लाग्छ नि होइन र?”

खल्तीमा हात हालें । ल! मोबाइल त मैले फूटाईसकें त । कलमले बीस रूप्पेको नोठ्मा मोबाइल नम्बर लेखें ९८०८३२. अनिशा ।

“ओई काले तेरो फोन किन लाग्दैन यार ।”

अघि म जसलाई कुर्दै थिएँ ऊ नै थिई । रश्मि मेरो बच्चादेखिको मिल्ने साथी । ऊ मलाई काले नै भन्छे । ऊ र मबीच कुनै पर्खाल छैन । कुनै यस्तो दिन होस् ऊ र म नभेटेको । कुनै यस्तो कुरा होस् उसले मलाई नभनेको र मैले उसलाई नभनेको ।

“ओई अनु तँ कता नि?” उसले अनिशालाई अँगालो नै हाली ।

म अचम्ममा परें । बेहोस हुने स्थितिमा पुगे म । हतपत आफूलाई सम्हाले । रश्मि पनि त kmc पढ्ने हो नि त ! बल्ल मन हल्का भयो ।

“थाहा छ काले ? म र अनु सँगै पढेको नि । तैंले कैले चिनेको?”

“ल, म के भन्ने अब?”

“अँ अँ । मेरो नि साथी हो ।”

“ओई अनु हामी जान्छौं है ।”

बल्ल बचियो । लामो सास तानें । मेरो हात समाउँदै रश्मि बाटो लागी फेरि रत्नपार्कतिरै ।

“जान्छु ल अनिशा,” मन भारी भा’ जस्तो भयो ।

खोइ किन हो? उसको आँखामा हेरेर मैले बिदा मागें र रश्मिसँगै लुरुलुरु गएँ । अल्ली पर पुगेपछि फर्केर हेर्न मन लाग्यो । अनिशा हेर्दै थिई हामी गएको । सायद सोच्दै थिई होला, “एउटा ग्राहक फुत्कियो” सायद उसलाई डर पनि होला रश्मिलाई मैले उसको काम बारे बताएँ भने?

मैले मन मनले भनें, “नडराऊ अनिशा म कसैलाई केही भन्दिन ।”

“हेर् त ८ बजिसक्यो । गाडी पाउँदैन अब सामाखुसी जाने । हिडेर जानु पर्ने भो नि ! अब आमाले मार्नु हुन्छ । मलाई पुराईदे है घरसम्म,” रश्मि फत्फताइरहेकी थिई ।

“ओई !” ऊ चिच्याई । म झस्किएँ । म सोच्दै थिएँ, “यी तीन जना केटीहरू । त्यसमा पनि अनिशा (ऊ मात्र आउँछे दिमागमा) कस्ती राम्री थिई । कुर्ता कति राम्रो सुहाएको ! तीनै जना केटी नै हुन् । तर कति फरक छ यिनीहरूमा !”

“काले पानी पुरी खाऊँ है ?” नजिकैको पानीपुरी देखाउँदै रश्मिले भनी ।

केटीको जात न परी ! अमिलो पिरो खुब खानु पर्ने, । यति ढिलो हुँदा पनि ? मलाई खान मन थिएन । सबै उसैले खाई । मेरो ध्यान त कतै अन्तै थियो । साँच्ची अनिशा त्यस्तै काम गर्ने हो त? विश्वास गर्ने सकिन मैले । सपना हो कि बिपना हो यो ? आफैंलाई चिमोटी हेरें, बिपना नै रैछ ।

ल, अनिशाको मोबाइल नम्बर लेखेको बीस रूपियाँ त पानी पुरीलाई पो दिएछु ! उफ्, आफैं देखेर रिस उठ्यो । हामी चुपचाप हिंडदै थियौं । रश्मि के सोच्दै थिई कुन्नि !मेरो दिमाग भने उही गुलाबी कुर्ता, ठुला गाजले आँखा, मिठो बोली, उज्यालो अनुहार ! एक्कासी बोलेछु “ऊ भालु होइन!”

“के?” रश्मि चिच्याई, “तँ बौलाईस कि क्या हो?”

हामी परराष्ट्र अगाडि आइपुगिसकेका रहेछौं । एक हुल पुलिसहरू हातमा लौरो लिएर, “छक्का छक्का-ऊ -उता:- उता: साला भालुहरू” भन्दै चार-पाँच जनालाई लखेटिरहेका थिए । खोइ केटा हुन् कि केटी हुन् । हिजडा हुन अरे.? मलाई के भैरहेको छ मतलब थिएन, म त हराइरहेको थिएँ अनिशासँगै । म मनमनै बोलें, “ऊ भालु होइन । अनिशा भालु हुनै सक्दिन । ऊ बेश्या होइन।”

१८/०३/२०६८/ सुमन “काले”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

11 thoughts on “ऊ बेश्या होइन”

  1. मार्मिक कथाको लागि धन्यवाद छ
    मार्मिक कथाको लागि धन्यवाद छ र साधुवाद !

    आगामी दिनहरूमा लेख्तै जानुस्, लेखन खारिंदै जान्छ । त्यसमा कुनै द्विविधा छैन ।

    तर लेखेपछि पुन‌ फर्केर हेरेर भुल सुधार गर्ने बानी बसाल्नुभए झनै राम्रो । विशेष गरी punctuation ! कथा लेख्नेको लागि हैन, पढ्नेको लागि हो । पढ्नेले पढ्दा बुझ्ने गरी सरल किसिमले लेख्नु आवश्यक छ । यस पटक मैले निकै परिश्रम गरेर हिज्जे र punctuation सुधारेको छु । यो सम्पादित अंशलाई बिचार गरेर अर्को लेखनमा सुधार गर्नु भए राम्रो !

    लेख्तै जानुहोस् !

    1. धन्यबाद!
      धन्यबाद!! म धेरै आभारी छु…तपाईं ले मेहनत गर्नु भयो मेरो कथा मा..सम्पादन गर्नु भयो दुख गरेर…मुरी मुरी धन्यबाद !! म प्रयास गर्नेछु.. मलाइ नै पनि थाहा छ धेरै कमजोरी हरु छन्.|अब पछी का लेखहरुमा यति धेरै कमजोरी हुने छैनन्…धेरै धेरै धन्यबाद ……

  2. best
    कथा राम्रो छ तर यस्लाई सामाजिक भन्दा पनि योउन कथा भन्नुभयको भय अझ राम्रो हुन्थ्यो की

    1. म मान्दिन यो यौन कथा हो
      म मान्दिन यो यौन कथा हो .. कृपया … कथा फेरी पद्नु होला..अझै पनि यो कथा यौन कथा जस्तो लाग्छ भने .”.समाज संग तपाईं अपरिचित हुनुहुन्छ”| यो मेरो ब्यक्तीगत सोचाइ हो | हुन सक्छ.. तपाईं ले भनेको सहि हो……..

  3. Its a life
    ho sathi story is very match and suable in this time.in busy life,developing the human needs and demands make Rashmi to sold her body to others beacuse in the kathmandu or any other country we can see in the paper these people are doing for the hunger,foe need and life.i thin it is not sex story it is the game of time and social need.
    thanks once again for the very nice story.

    BIKI

  4. इस्पष्टिकरण
    कथा सामाजिक हो तर कथामा प्राय योउन कुरा हरु बडी समेटेकोले यस्लाई योउन कथा भन्न खोजको हो तर मलाई लाग्छ यस् कथा लाई सामाजिक भन्दा योउन कथा भन्दा राम्रो हुन्छ कि जस्तो लाग्छ तर यस्लाई अन्यथा नसोच्नु होला सबैको आ आफ्नएे सोच हुन्छ हजुर को फरक बिचार मेरो फरक बिचार त्यो त कथा पदेर सोच्ने मा पनि भर पर्छ हैनर

  5. sarai marmik lagyo yo yetharthapurna katha
    sex story hunai sakdaina yo…yo ta hamro samaj ani yehaka dherai nariharuko bibashtapurna jiban vogaiko sajib chitran ho…yedi kasaile yesma sexko pato khoj6a bhane tesle pakkai pani manabta ra sahityalko anartha lagayeko prasta hun6a…arko kura kunai pani nari purus bina besya banna sakdina tesaile narihari besya hoinan banaiyeka hun

Leave a Reply

Your email address will not be published. Required fields are marked *